Saturday 19th September 2026

प्रतिखिल्ली १० रुपैयाँ पर्ने चुरोटको मूल्य ३० रुपैयाँ पुर्‍याउन स्वास्थ्यमन्त्रीको प्रस्ताव


स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रतिखिल्ली १० रुपैयाँ पर्ने चुरोटको मूल्य ३० रुपैयाँ पुर्‍याउन प्रस्ताव गरेका छन्। साथै प्रति बोतल एक हजार रुपैयाँ मूल्य रहेको रक्सीलाई तीन हजार पुर्‍याउन पनि उनले प्रस्ताव गरेका छन्।
नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल मध्यपुर थिमीको सोमबार भक्तपुरमा भएको १७औं स्थापना दिवस समारोह तथा ब्लड बैंक शुभारम्भ गर्दै मन्त्री पौडेलले यसरी प्राप्त भएको रकममध्ये केहीलाई स्वास्थ्य बिमामा पठाउन सकिने बताए। यसो भयो भने मात्रै स्वास्थ्य बिमाले जीवन्तता पाउने नत्र स्वास्थ्य बिमा नै खारेज गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए। उनले स्वास्थ्य बिमालाई एक लाखबाट पाँच लाख पुर्‍याउन मन्त्रालयले गरिरहेको विभिन्न तयारीबारे पनि चर्चा गरेका थिए।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले युक्रेनलाई २.६८ अर्ब अमेरिकी डलर बराबरको हवाई रक्षा प्रणाली तथा सम्बन्धित उपकरण बिक्री गर्न स्वीकृति दिएको छ। प्रस्तावित सहयोगमा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले CNN, MS NOW र Politico लाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले ती सञ्चारमाध्यमले…

अमेरिका, डेनमार्क र ग्रिनल्याण्डबीच ग्रिनल्याण्डको सुरक्षासम्बन्धी नयाँ सम्झौता भएको घोषणा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताले ग्रिनल्याण्डको सुरक्षामा…

प्रतिकृयाहरू
...