Tuesday 17th February 2026

शीत परिकल्पनाकार अथक सम्मानित


पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मी राष्ट्रिय सुसेली फाउन्डेसनद्वारा काठमाडौंमा सम्मानित भएका छन् । फाउन्डेसनको सातौ वार्षिक दिवस समारोहको अवसरमा आयोजित कार्यक्रममा रेग्मीलाई समीक्षकको रूपमा ‘ चन्द्रा कमला शिवहरि वाग्ले सुसेली सम्मान ‘ ले प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा.जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’, राष्ट्रिय सुसेली फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे र दाता साहित्यकार चन्द्रा न्यौपानेद्वारा सम्मान गरिएको हो । फाउन्डेसनले रेग्मी सहित विभिन्न विधाका पन्ध्रजना स्रष्टाहरूलाई सम्मान गरेको छ ।

पुष्कर अथक रेग्मी पाल्पा साहित्य समाज, शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष र शीत काव्य समाज नेपालका परिकल्पनाकार समेत हुन। उनी पा्ल्पामा बसी साहित्यिक अभियानहरू संचालन गर्दै आएका छन् । दुई दर्जनभन्दा बढी कृति प्रकाशित गरिसकेका अथकले परेवा र नवजनचेतना पत्रिकामा समीक्षा लेख्दै आएका छन् । समीक्षाको माध्यमद्वारा सुसेलीको व्यापिकरणमा य‍ोगदान पुर्याए बापत अथकलाई सम्मान गरिएको हो ।

अन्य सम्मानित व्यक्तित्व र सम्मानहरू

१.चन्द्रा-कमला-शिवहरि वाग्ले सुसेली सम्मान :
स्रष्टा / समीक्षक श्री पुष्कर अथक रेग्मी

२.जन्मभूमि सुसेली सम्मान :
वरिष्ठ कवि श्री ठाकुर शर्मा भण्डारी

३.डा. शेष-चन्द्रा न्यौपाने सुसेली सम्मान :
वरिष्ठ कवि डा. श्री यज्ञश्वर निरौला

४. राम-सुशीला सुसेली सम्मान :
वरिष्ठ कवि प्राज्ञ डा. देवी नेपाल

५. सुचिता-ऋतु सुसेली सम्मान :
वरिष्ठ साहित्यकार प्रा. डा.जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’

६. केशव-विमला सुसेली सम्मान :
वरिष्ठ कवि श्री वेदमणि घिमिरे

७. कमला देवकोटा सुसेली सम्मान :
वरिष्ठ कवि प्राज्ञ डा. हेम पौडेल

८. बम-जानुका सुसेली सम्मान :
वरिष्ठ कथाकार प्राज्ञ श्री माया ठकुरी

९. मुरली-सरस्वती सुसेली सम्मान :
वरिष्ठ साहित्यकार प्रा.डा.रामप्रसाद ज्ञवाली

१०. कृष्ण-गुनु सुसेली सम्मान :
कविन्द्र श्री कलानिधि दाहाल

११. गंगा सुसेली सम्मान :
महाकाव्यकार श्री चन्द्रप्रसाद न्यौपाने

१२. गंगा सुसेली सम्मान :
समीक्षक श्री अरुण नदी‌ खत्री ।

१३. चन्द्रा-कमला-शिवहरि वाग्ले सुसेली सम्मान :
वरिष्ठ साहित्यकार एवम् पत्रकार श्री छविरमण सिलवाल

१४. राष्ट्रिय सुसेली फाउन्डेसन सम्मान :
प्रकाशक, साहित्यकार एव मिडियाकर्मी श्री दामोदर
ढकाल ‘दीपक’ ।

१५. राष्ट्रिय सुसेली फाउन्डेसन सम्मान :
साहित्यकार एवम् टेलिभिज कार्यक्रम प्रस्तोता श्री सुशीला ढकाल अधिकारी ।


सम्बन्धित शीर्षकहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

प्रतिकृयाहरू
...