Thursday 23rd July 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः मैले हेरिरहे, उसका आँखा…


मैले हेरिरहे, उसका आँखा निर्दोष थिए
मेरो गल्ती उसलाई सुनाई रहेको थिए ।।
उसको धेरै कुरा सुन्नु छ
लाग्थ्यो मान्छे कसरी यति सुन्दर देखिन सक्छ?

यी आँखा, यी शब्दहरू समुन्द्र झैँ बगिरहेका छन्
मनका भावनाहरू हावाले हल्लिरहेका छन् ।।
शान्त मन , मिठो बोली मन आनन्द थियो
शब्दहरू तीखा थिए मन दौडिरहेको थियो ।।

उसको आँखा धेरै सुन्दर छ
मैले उसको मायामा तैरिनु छ ।।
ती आँखाको सुन्दरतामा माया देख्नु छ
मैले उसको आँखामा हेर्नु छ ।।

मैले हेरिरहे, उसका आँखा निर्दोष थिए
मेरो गल्ती उसलाई सुनाई रहेको थिए ।।

-गोबिन्द राज ओझा (राजन)


सम्बन्धित शीर्षकहरु

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

प्रतिकृयाहरू
...