Wednesday 3rd June 2026

लघु कथा: अप्रिल दिवस


कमला देवकोटा, पाल्पा

हैन कति सुतिराखेको कस्तो खबर आयो सुन्नुन। आत्तिंदै रिताले भनिन् । हँ के भएछ र?रितेसले सोधे।
खै के जान्नु प्लेन बाट उत्रेर गाडीमा बसेका हजुरका भाइ बुहारीको गाडी एसिडेन्ट भएछ रे। चालक सहित तीन जना बेपत्ता भएरे।
ओहो लौ लौ बर्बादै पो भयो त रितेस अत्तालिंदै ज्याकेट भिरेर बाहिरिए। रिताले भनिन् । औषधि खानै थियो ल म पनि जान्छु। यी खाईहाल्नु त बोटल तेर्स्याईन्।
कस्तो देख्नु पर्नेहो , कहाँ गए भन्दै बर्बराउँदै बाहिरिए।
उनीहरुको बाईक बाटैमा ढल्यो। दुबै उछिट्टिए। उता बाट आवाज आयो ओहो कस्तो बज्रपात एक माथि अर्को।
आजै पल्लो घरका कान्छा कान्छी पनि एसिडेन्टमा परेको खबर छ। ढाँट्ने समाचारले छापेछ। यो त साँचिकै घटना पो भयो। ए हो र कस्तो बदमासी। घटनास्थल बाट सकि नसकी उठेका जोई पोई ले भन्दै थिए। अर्काको सिको गर्ने देशका जनताले कहिल्यै सुख पाउने भएनन् । आज हामी पनि हतार गर्दा यसैको सिकार भयौँ।अप्रिल फस्ट मु्र्दाबाद।


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारहरूबाट ६१ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक अनुदान प्राप्त…

कुनै पनि राजनीतिक दल, जुन गैरदलीय पेशाकर्मीहरू र राजनीतिक रूपमा नयाँ अनुहारहरूले स्थापना गरेको हो, त्यसले चार वर्षभन्दा कम समयमा…

रवि लामिछानेको भारत भ्रमणलाई अहिलेको राजनीतिक सन्दर्भमा हेर्दा स्वाभाविक रूपमा विभिन्न कोणबाट व्याख्या गरिँदै छ। विशेष गरी प्रधानमन्त्री बालेन्द्र शाहले…

प्रतिकृयाहरू
...