Friday 4th September 2026

अवैध सुन खानी भत्किँदा ४० जनाभन्दा बढीको ज्यान गयो


पश्चिम अफ्रिकी देश मालीमा शनिबार अवैध सुन खानी भत्किँदा ४० जनाभन्दा बढीको ज्यान गएको छ जसमा अधिकांश महिला छन् । यो घटना मालीको पश्चिमी क्षेत्र केएसमा भएको हो।

सुन खानी मजदुर युनियनका एक नेताले समाचार एजेन्सी रोयटर्सलाई भने कि केही व्यक्तिहरू पहिले नै निर्माण गरिएको खानीको माथिल्लो भागमा सुनका टुक्राहरू खोज्न गएका थिए जसका कारण खानी पसेको थियो। यद्यपी मृतकको संख्याबारे अवस्था अझै स्पष्ट भइसकेको छैन ।

समाचार एजेन्सी एएफपीले स्थानीय प्रहरीको एक स्रोतलाई उद्धृत गर्दै खानी भत्किने घटनामा ४८ जनाको मृत्यु भएको जनाएको छ। उद्योग संघका प्रमुखले रोयटर्सलाई ४३ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

मालीमा तीन हप्तामा यो दोस्रो घातक खानी दुर्घटना हो। यसअघि जनवरीको अन्त्यतिर अचानक खानीमा पानी पसेपछि कम्तीमा १० जनाको मृत्यु भएको थियो । माली विश्वको सबैभन्दा ठूलो सुन उत्पादन गर्ने देश हो। यहाँका सुन खानीमा धेरैजसो यस्ता गतिविधिमा नियम नपुग्ने र सुन उत्खननका लागि असुरक्षित विधि अपनाइने भएकाले दुर्घटना हुने गरेको छ ।


सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको ९ दिनपछि जीवित उद्धार गरिएको छ। उद्धार गरिएका…

इजरायलले बिहीबार दक्षिणी लेबनानको रणनीतिक Ali al-Taher Ridge क्षेत्रमा आफ्नो ‘अपरेसनल नियन्त्रण’ कायम गरेको घोषणा गरेको छ। यो घोषणा रोयटर्सले…

केही सम्बन्ध अधुरा भए, मनभरि नै रहन्छन्। टाढा भए पनि सम्झनामा, सधैँ साथ दिन्छन्॥ न फर्किन्छन् ती जीवनमा, न भुल्नै…

प्रतिकृयाहरू
...