Tuesday 16th December 2025

खो-खो विश्वकपमा नेपालको महिला-पुरुष दुवै टोली उपविजेता


प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपालको महिला र पुरुष दुवै टोली ऐतिहासिक उपलब्धि बोकेर स्वदेश फर्कने भएको छ । दुवै टोली उपविजेता  बनेको छ । कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल खेलेर फर्केको यो पहिलो पटक हो ।

आइतबार साँझ नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न प्रतियोगिताको फाइनलमा दुवै टोली आयोजक भारतसँग पराजित भएपछि उपविजेतामा सीमित भएको थियो । ’

फाइनलमा नेपालले पुरुषतर्फको खेल ५४–३६ स्कोरले भारतलाई सुम्पेको थियो । महिलातर्फ नेपाल प्रियन्काको कप्तानीमा रहेको भारतीय टिमसँग ७८–४० स्कोरले पराजित भएको हो । दुवै नेपाली टिमले फाइनलमा टस जितेर पहिले डिफेन्स गर्ने निर्णय गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले…

प्रतिकृयाहरू
...