Saturday 10th January 2026

हमास ले बन्धक-युद्धविराम सम्झौतामा प्रगति भएको बताएको छ


“हामी हाम्रा दृढ र धैर्यवान जनता र जेलमा रहेका हाम्रा वीर कैदीहरूसँग हाम्रो प्रतिज्ञा नवीकरण गर्छौं, र हामी पुष्टि गर्छौं कि उनीहरूको स्वतन्त्रता नजिक छ,” हमासले भन्यो।

दोहामा रातभर भएको वार्तामा स्पष्ट रूपमा सफलता प्राप्त भएपछि यो विज्ञप्ति आएको हो।

एक कतारी अधिकारीले भने कि इजरायल र हमास दुवैलाई प्रस्तावको अन्तिम मस्यौदा हस्तान्तरण गरिएको छ, यद्यपि एक इजरायली अधिकारीले पछि त्यो दावीलाई अस्वीकार गरेका छन। स्ट्रिपमा राखिएका बन्धकहरूको स्वतन्त्रता सुरक्षित गर्न आतंकवादी दोषीहरू सहित सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सम्भावित सम्झौता हुने अपेक्षा गरिएको छ।

अक्टोबर ७ मा हमासद्वारा अपहरण गरिएका २५१ बन्धकहरूमध्ये ९४ जना गाजामा नै रहेको विश्वास गरिन्छ, जसमा आईडिएफ द्वारा मृत पुष्टि गरिएका कम्तिमा ३४ जनाको शव पनि समावेश छ।

नोभेम्बरको अन्त्यमा हमासले एक हप्ता लामो युद्धविरामको क्रममा १०५ जना नागरिकलाई रिहा गरेको थियो र त्यसअघि चार जना बन्धकहरूलाई रिहा गरिएको थियो। आठ बन्धकहरूलाई सेनाले जीवितै उद्धार गरेको थियो । यसरी नै ईजारायली सेनाले ४० बन्धकहरूको शव पनि बरामद गरिएको छ, जसमा इजरायली सेनाले अपहरणकारीबाट भाग्न खोज्दा गल्तीले गल्तीले आफना तीन जना बन्दक लाई मारेको पनि समावेश छ ।

हमासले २०१४ र २०१५ मा स्ट्रिपमा प्रवेश गरेका दुई इजरायली नागरिकहरू, साथै २०१४ मा मारिएका दुई आईडिएफ सैनिकहरूको शव पनि नियन्त्रणमा लिएको छ।


सम्बन्धित शीर्षकहरु

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

प्रतिकृयाहरू
...