Monday 22nd December 2025

गोबिन्द राज ओझा (राजन)को गीति कविताः वीर योद्दाहरू


वीर योद्धाहरु ………………..
वीर योद्धाहरु अगाडि बढ अन्तिम लडाई लडनु छ
यो देशको पराक्रमी सन्तति भएर देखाउनु छ
नेपाल आमाले आँसु झारी पुकार गर्छिन
नजाउ है देश छोडी आफ्ना सन्ततिलाई भन्छिन

परेको बेला देशको लागि जीवन अर्पण गर्नु छ
आफू जन्मेको ठाउँको मनै देखि माया छ
यहि राष्ट्रमा छ विश्वभरिकै उच्च हिमाल
आउ सबै मिलौ अब सुन्दर बनाउनु छ नेपाल

यो देश बनाउने नेपालीले नै हो
अब देश विकासको लागि अगाडि बढनुपर्ने हो
देशको कला संस्कृति बचाउनु पनि छ
हे वीर हो नडराएर हिड देशको रक्षा गर्नु छ

जो जहाँ भए पनि एकै सन्तति हौ मातृभुमिको
देशको मायाले आएका छौ रक्षा गर्नु छ देशको
नेपाल आमालाई सम्झिदाको खुशी बढाेस मनको
देशको हित गर्न मन सधै लागिरहोस् हाम्रो

वीर योद्धाहरु अगाडि बढ अन्तिम लडाई लडनु छ
यो देशको पराक्रमी सन्तति भएर देखाउनु छ
नेपाल आमाले आँसु झारी पुकार गर्छिन
नजाउ है देश छोडी आफ्ना सन्ततिलाई भन्छिन

-गोबिन्द राज ओझा (राजन)


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...