Monday 7th September 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः वीर योद्दाहरू


वीर योद्धाहरु ………………..
वीर योद्धाहरु अगाडि बढ अन्तिम लडाई लडनु छ
यो देशको पराक्रमी सन्तति भएर देखाउनु छ
नेपाल आमाले आँसु झारी पुकार गर्छिन
नजाउ है देश छोडी आफ्ना सन्ततिलाई भन्छिन

परेको बेला देशको लागि जीवन अर्पण गर्नु छ
आफू जन्मेको ठाउँको मनै देखि माया छ
यहि राष्ट्रमा छ विश्वभरिकै उच्च हिमाल
आउ सबै मिलौ अब सुन्दर बनाउनु छ नेपाल

यो देश बनाउने नेपालीले नै हो
अब देश विकासको लागि अगाडि बढनुपर्ने हो
देशको कला संस्कृति बचाउनु पनि छ
हे वीर हो नडराएर हिड देशको रक्षा गर्नु छ

जो जहाँ भए पनि एकै सन्तति हौ मातृभुमिको
देशको मायाले आएका छौ रक्षा गर्नु छ देशको
नेपाल आमालाई सम्झिदाको खुशी बढाेस मनको
देशको हित गर्न मन सधै लागिरहोस् हाम्रो

वीर योद्धाहरु अगाडि बढ अन्तिम लडाई लडनु छ
यो देशको पराक्रमी सन्तति भएर देखाउनु छ
नेपाल आमाले आँसु झारी पुकार गर्छिन
नजाउ है देश छोडी आफ्ना सन्ततिलाई भन्छिन

-गोबिन्द राज ओझा (राजन)


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...