Monday 18th August 2025

गोबिन्द राज ओझा (राजन )को गीति कविताः आशिर्वाद देउ हे आमा


आशिर्वाद देउ हे आमा काम गर्न अगाडि बढछौ
देखाई देउ बाटो सहज तरिकाले हिडने छौ
आफ्नो पौरखले यो माटाेमा अन्न उब्जाउने छौ
रित्ता होलान् भकारीहरु अब हामीले भर्नेछौ ।।

कुन बाटो जादा ठिक हुन्छ सोचेर बताउ
सबै जना मिलेर ज्ञानको ज्योति फैलाउ
प्रत्येक बस्ती बस्तीमा ज्ञानको ज्योति फैलाउनु छ
सुख्खा ठाउँहरुमा सिचाइको प्रवन्ध गर्नु छ ।।

नेपाली माटाेको बारेमा बुझ्नु र पढनुपर्छ
हामीले फेर्ने श्वासमा नेपालीपन हुनुपर्छ
आशिर्वाद देउ हे आमा काम गर्न अगाडि बढछौ
देखाई देउ बाटो सहज तरिकाले हिडने छौ ।।

लेखक : गोबिन्द राज ओझा (राजन)


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको उत्तरी क्षेत्रमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या तीन सय ३२ पुगेको छ। शुक्रबार खैबर…

लुलु रिटेलले पहिलो चौमासिकको राजस्व ४.१ अर्ब डलर पुगेको रिपोर्ट गरेको छ, जुन वार्षिक ५.९% ले वृद्धि भएको छ।* *पहिलो…

कुवैत सिटी, दुई दर्जन भन्दा धेरैको ज्यान जाने गरी वितरित विषाक्त रक्सिको सेवनबाट हाल सम्म १० जना नेपाली मरेको पुष्टि…

प्रतिकृयाहरू
...