Monday 22nd December 2025

नारायण कोइरालाका चार छोटा कविता


नाङ्गै जन्मिएर के गर्नु
कपडाले शरीर छोप्नु पर्छ
नाङ्गै जन्मिएको शरीर छोपिएन भने
समाजमा इज्जत जान्छ

शरीर नाङ्गै हिँड्न नहुने कानुन छ
नाङ्गै जन्मिएको शरीरले कानुन
मान्नु नै पर्छ
नमने समाजलाई लाज लाग्छ

नाङ्गै जन्मनेहरु लाज कपडाले छोपे
नाङ्गै हिँड्न हुन्न भन्नेले कतिलाई नाङ्गै बनाएँ
नाङ्गै हुनेको इज्जत गयो
नाङ्गै बनाउनेहरु रमाएँ

शासक नाङ्गो छ
जनताको कपडा बेरेको छ
जनतालाई नाङ्गो बनाएर
आफ्नो इज्जत ढाकेको छ

तानसेन पाल्पा
हाल,कुवेत


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...