Thursday 21st November 2024

साफ महिला च्याम्पियनसिपः नेपाललाई स्तब्ध पार्दै बंगलादेशले जित्यो उपाधि


दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपको उपाधि बंगलादेशले जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो।

खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १–० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी थिइन्। तर खेलको ८० औँ मिनेटमा गोल गर्दै बंगलादेशले २–१ को अग्रता लिएको थियो। त्यसपछि भने नेपालले गोल फर्काउन सकेन।

योसँगै बंगलादेशले लगातर दोस्रो पटक साफको उपाधि जितेको छ। बंगलादेशले २०२२ को साफ फाइनलमा पनि नेपाललाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो। त्यस्तै नेपालले भने यो सहित छैटौं पटक साफको फाइनलमा पराजित भएको छ


सम्बन्धित शीर्षकहरु

गाजामा बन्धकहरूलाई हानि गर्ने सबैसँग IDF ले हिसाब मिलाउनेछ र तिनीहरूलाई इजरायलमा सुम्पनेहरूलाई पुरस्कृत गर्नेछ, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार गाजा…

ढाका: अगस्टमा क्रान्ति पछि पक्राउ परेका तेह्र जना बंगलादेशी पूर्व शीर्ष सरकारी अधिकारीहरू सोमबार "नरसंहारलाई सक्षम पारेको" अभियोगमा अदालतमा उपस्थित…

नयाँ दिल्ली: भारतले आफ्नो पहिलो लामो दूरीको हाइपरसोनिक मिसाइल परीक्षण गरेको छ, रक्षा मन्त्रालयले आइतवार घोषणा गर्‍यो, त्यस्ता हतियार कार्यक्रमहरूको…

प्रतिकृयाहरू
...