Saturday 19th September 2026

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ६ को शव काठमाण्डाैंमा, जीवितै उद्दार भएकी अानीको उपचार हुँदै


तितोपाटी – तितोपाटी – नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज विदुर हुँदै काठमाण्डु ल्याइएको हो। शवलाई एयर अल्टिच्युड, सिम्रिक र हेलि एभरेष्टमार्फत शव काठमाडौँ  ल्याइएको हो। दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए । नुवाकोटका मैलुङपाखामा हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित ६ जनाको मृत्यु भएको थियो भने एक यात्रुको भने जिवितै जिवितै गरिएको थियो । 

हेलिकोप्टरमा सवार आनी डोल्माको जीवितै उद्दार गरिएको हो। दुर्घटनापछि आनीले फोन गरेर आफू सकुशल रहेको बताएकी थिइन् । त्यसआधारमा हेलिकोप्टर दुर्घटना स्थल लोकेट भएको थियो । उनलाई हेलिकोप्टरबाट मेडीसिटी अस्पताल ल्याएर उपचार भइरहेको छ ।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार थिए । अन्य यात्रुमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेका थिए । दुर्घटनामा छ जनाको मृत्यु भएको थियो ।

गोरखाबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर ९ एन-एएलएस नुवाकोटको मेघाङ गाउँपालिका १ बर्सङचेत मैलुङपाखामा दुर्घटना भएको हो । सो हेलिकोप्टर गोरखाको हिमाली क्षेत्र सामागाउँबाट एक जापानी, पाँच नेपाली यात्रुसहित बिहान सात बजेर ५६ मिनेटमा उडेको थियाो भने नुवाकोट र धादिङको सिमानामा आइपुगेपछि सम्पर्कबिहीन भएको थियो। सम्पर्कविहीन हेलिकोप्टर खोजीका क्रममा मैलुङपाखाको घनाजंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले युक्रेनलाई २.६८ अर्ब अमेरिकी डलर बराबरको हवाई रक्षा प्रणाली तथा सम्बन्धित उपकरण बिक्री गर्न स्वीकृति दिएको छ। प्रस्तावित सहयोगमा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले CNN, MS NOW र Politico लाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले ती सञ्चारमाध्यमले…

अमेरिका, डेनमार्क र ग्रिनल्याण्डबीच ग्रिनल्याण्डको सुरक्षासम्बन्धी नयाँ सम्झौता भएको घोषणा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताले ग्रिनल्याण्डको सुरक्षामा…

प्रतिकृयाहरू
...