Tuesday 7th October 2025

“एनआरएनए-मुजैनी कप २०२४“ भलिबलको उपाधि लुम्बिनीलाई


“एनआरएनए-मुजैनी कप २०२४“ भलिबलको उपाधि लुम्बिनी समाजको पोल्टामा गएको छ । प्रतियोगितामा दुई भुटानी टोलीसहित १३ टिमले सहभागिता जनाएको थिए । लगातारको साविक विजेता कल्याणकारी नेपाली युवा समाजले दोस्रो स्थान हासिल गरेको छ भने निरेम ग्रुपले तेस्रो स्थान प्राप्त गरेको छ।

प्रतियोगितामा एनआरएनए एनसिसि कुवेतका अध्यक्ष रणध्वज लामाको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो। प्रमुख अतिथि नेपाल राजदूतावास कुवेतका राजदूत घनश्याम लम्साल थिए भने विशेष अतिथिमा भुटानी राजदूत चितेम तेनजिनको उपस्थिति रहेको थियो। कार्यक्रममा दुवै देशका दूतावास परिवार र स्थानीय संघसंस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति थियो।

कुवेतको भलिबल इतिहासमा सबैभन्दा ठूलो धनराशिको पुरस्कार प्रदान गरिएको यस प्रतियोगिताको लागि लुम्बिनी समाजले भलिबल प्रतियोगिता जित्नको लागि युएइबाट करारमा खेलाडी ल्याएर मजबुत टिम बनाएको थियो ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- बिगत दुई दिन देखि   निरन्तर परेको पानीको कारण बाढी पहिरो परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।नेपाल प्रहरीले…

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

प्रतिकृयाहरू
...