Monday 7th September 2026

आगो र सप्तरंगी सुमनको लोकार्पण


नारायण कोइराला – साहित्यकार दीर्घबहादुर चन्दको दुइवटा काव्यकृतिको काठमाडौंमा लोकार्पण एवं विमर्श कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि शीत र त्रिशूल काव्यका  परिकल्पनाकार एवं पाल्पा साहित्य समाजका अध्यक्ष साहित्यकार पुष्कर अथक रेग्मी रहनु भएको थियो ।

कृति लोकार्पणपछि सम्बोधनको क्रममा प्रमुख अतिथि रेग्मीले  “अहिलेसम्मकै लघुतम उपविधाहरूमा आगो अति सशक्त उपविधा रहेको ले सिद्धान्त र प्रयोग सहित आएको कृतिले उपविधालाई स्थापित गर्न सहयोग पुर्याउनुका साथै अन्य परिकल्पनाकारहरूको समेत चासोको विषय बनेको छ । सुमन उपनामले परिचित दीर्घ बहादुर चन्द सरको अर्को कृति सप्तरंगी सुमन पनि उदाहरणीय र संग्रहणीय रूपमा आएको छ । जन्मदिनको पावन अवसरमा जम्ल्याहा कृति जन्माउनु हुने आगोका परिकल्पनाकारलाई हार्दिक बधाई तथा शुभकामना” भनी अभिव्यक्ति प्रकट गर्नुभयो ।

“आगो द्विपदीय लघुकाव्य रहेको, नवीनतम् प्रयोग र लघुउपविधा रहेको , कृति सिद्धान्त र प्रयोग सहित आएकोले काव्य सिर्जना गर्न सजिलो हुने , कृति पढेर जो कोहीले पनि आगो सिर्जना गर्न सक्नेछन्” भनी समीक्षक चन्द्रा न्यौपानेले आगोको परिचर्चा गर्दै बताउनु भयो ।

“काव्य संग्रह सप्तरंगी सुमन आफैमा सप्तरंगी इन्द्रेणी भएको र यसभित्रका विविध संग्रहहरू अर्थपूर्ण एवं सन्देशमूलक कोेशेलीको रूपमा रहनुका साथै सबैका लागि उपयोगी कृति रहेको “भनी समीक्षक दुर्गा अधिकारी भमरकोटेले बताउनुभयो ।

साहित्यकार चन्दको ५४ ओैं जन्मदिवस समेत परेकाले केक काटी , उपहार समेत प्रदान गरे संग‌ै कृतिकार र दुवै कृतिको सफलताका लागि साहित्यकार द्वारिका कुइकेल, पूर्व महासेनानी प्रकाजंग कार्की र विशिष्ट अतिथि पूर्व सहायक रथी तेज प्रकाश बानियाँद्वारा शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रममा गायक तथा संगीतकारहरूद्वारा पूर्वली तथा पश्चिमेली भाकामा आगो गायन समेत गरिएको थियोे । साहित्यकार चन्दले लेखकीय मन्तव्य संगै सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

नेपाली सेनाका सेवानिवृत प्रमुख सेनानी साहित्यकार एवं आगोका परिकल्पनाकार दीर्घबहादुर चन्दको ५४ओैं जन्म दिवसको अवसरमा आगो लघुकथा सदनद्वारा नेपाली सेनाका पूर्व उपरथी शेखर सिंह बस्नेतको  अध्यक्षतामा काठमाडौंमा आयोजित कार्यक्रममा स्वागत साहित्यकार सुशीला ढकाल अधिकारी र कार्यक्रम संचालन साहित्यकार पत्रकार दामोदर ढकाल दीपकद्वारा गरिएको थियोे ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको तनाव पछिल्ला दिनहरूमा थप चर्किएको छ। विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य क्षेत्रमा दुवै देशबीच…

इजरायलले आगामी दिनमा एकैपटक विभिन्न मोर्चाबाट अचानक युद्ध सुरु हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै आफ्नो सैन्य तयारी तीव्र बनाएको छ। इजरायली…

अफ्रिकी देश केप भर्डेको फोगो टापुमा यात्रुवाहक बस सडकबाट करिब १०० फिट तल खसेपछि भएको दुर्घटनामा कम्तीमा २५ जनाको मृत्यु…

प्रतिकृयाहरू
...