Saturday 16th May 2026

विद्यार्थीलाइ कलम वितरण अभियानमा राष्ट्रप्रेमी


पाल्पा बगनासकाली ८ बेलौतिखरकका सुशिल बस्याल “राष्ट्रप्रेमी”ले स्नातक तह तृतीय बर्षका परीक्षार्थीहरुलाई त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा कलम बितरण गरेका छन ।

सामाजिक क्षेत्रमा निरन्तर काम गर्दैँ आएका बस्यालले कलम बितरण अभियानले सामाजिक एकताको सन्देश जाने कुरामा जोड दिए । बस्याल शिक्षण पेशामा जोडिएको हुनाले कलम बितरण अभियान रोजाईमा परेको र सबै परिक्षार्थी संग सम्बन्ध मजबुत हुने र समाजिक क्षेत्रमा सबै संगै हुन प्रेरित हुने बताए ।

त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन पाल्पाका स्ववियु सभापति कृष्ण अर्यालले संघ, संगठनका गतिविधि भैराखेको बेला यो नमुना कार्यले सबैमा सकारात्मक सन्देश प्रबाह भएको र अभियानले पुर्ण सफलता पाउनु पर्ने कुरालाई जोड दिदैँ राष्ट्रप्रेमी बस्याललाई बधाई सहित शुभकामना दिएका थिए।

त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापकहरु, पुर्व स्ववियु सभापती हरिवोल भट्टराई लगायत कार्यक्रममा उपस्थित सबैले कार्यक्रमलाई सफलताको शुभकामना दिएका थिए।

एकघर एक लालिगुँरास अभियानले चर्चा बटुलेका राष्ट्रप्रेमी बस्यालले एक हप्ता अगाडी बृद्द आश्रममा दर खुवाउने कार्यक्रम सम्पन्न गरेका थिए। उनी अहिले त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु सदस्यमा समेत रहेका छन ।


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...