Wednesday 30th September 2026

पारिवारिक भिसा आवेदनको नियममा छुट, डिग्री नभएकाले पनि परिवारलाई बोलाउन पाउने


तितोपाटी- सोमबार गृह मन्त्रालयले वैदेशिक रोजगारीको शिलाशिलामा कुवेतमा रहेका आप्रवासीहरूलाई पारिवारिक भिसाका लागि आवेदन दिन विश्वविद्यालयको डिग्री सर्त खारेज गर्ने निर्णय संगै नया नियम लागु गरेको छ।

परिवार भिसा आवेदनको नियम अब आप्रवासीहरूका लागि सजिलो बनाइएको छ। नयाँ नियम अनुसार आप्रवासीलाई पारिवारिक भिसाको लागि आवेदन दिन विश्वविद्यालयको डिग्रीको आवश्यक नपर्ने भएको छ ।

अब आप्रवासीहरूलाई पारिवारिक भिसाका लागि आवेदन दिन विश्वविद्यालयको डिग्री आवश्यक नपर्ने अधिकारीहरूले जानकारी दिएका छन्। स्रोतलाई उद्धृत गर्दै युनिभर्सिटीको डिग्री नभएका आप्रवासीले १४ वर्ष मुनिका श्रीमती र सन्तानलाई कुवेत ल्याउन आवेदन दिन सक्ने बताइएको छ ।

त्यसो त यस अघि परिवार भिसा आवेदनको नियम गृह मन्त्रालयले कडा बनाएको थियो ताकि आवेदनहरू नियन्त्रण गर्न सकियोस्। साथै, यसअघि भिसाको लागि आवेदन दिन विश्वविद्यालयको विद्यार्थी हुनु आवश्यक थियो। साथै पारिवारिक भिसाको लागि भने आवेदन दिन, प्रवासीको तलब ८०० दिनर अनिवार्य हुनुपर्ने छ।


सम्बन्धित शीर्षकहरु

रुसले युक्रेनको राजधानी कीभ र वरपरका क्षेत्रमा राति ड्रोन र मिसाइल आक्रमण गर्दा एक बालकसहित कम्तीमा ३ जनाको मृत्यु भएको…

अमेरिकी सेनाले इराकमा रहेका आफ्ना अन्तिम सैनिक अड्डाहरूबाट फिर्ता भएपछि त्यहाँ सुरक्षा शून्यता सिर्जना हुने चिन्ता बढेको छ। विश्लेषकहरूका अनुसार…

पेरुको एक नौसेना सञ्चालित विद्यालयमा १६ वर्षीय छात्रमाथि सहपाठीहरूले सामूहिक यौन दुर्व्यवहार गरेको आरोप लागेपछि देशभर आक्रोश फैलिएको छ। घटनाको…

प्रतिकृयाहरू
...