Thursday 21st May 2026

“निर्यात प्रवर्द्धन र नेपालमा लगानीका अवसर” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


कुवेत – नेपाली दूतावास कुवेतको आयोजनामा “निर्यात प्रवर्द्धन र नेपालमा लगानीका अवसर” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कुवेतस्थित फरवानियाको क्राउन प्लाजा होटलमा कुवेतका सम्भावित व्यवसायी, लगानीकर्ता र सञ्चारकर्मी बीच “निर्यात प्रवर्द्धन र नेपालमा लगानीका अवसर” सम्बन्धी अन्तरक्रिया कार्यक्रम ३ जुलाईका दिन सम्पन्न भएको हो ।
कार्यक्रममा राजदूत घनश्याम लम्सालले दुई देशबीचको व्यापारिक सम्बन्ध विस्तार गर्न प्रयास जारी रहेको बताएका छन । नेपालमा लगानीका आकर्षक क्षेत्रहरू ऊर्जा, व्यापार, पर्यटन, कृषि लगायतमा लगानी गर्न आग्रह गर्दै काठमाडौंमा गत अप्रिलमा सम्पन्न तेस्रो नेपाल लगानी सम्मेलनको उपलब्धिलाई प्रकाश पार्दै लगानीकर्तालाई अर्को लगानी गन्तव्यका रूपमा नेपाल छनोट गर्न राजदूतले आग्रह गरे । नेपालका अलैंची, चिया, कफी, अदुवा, पश्मिना सल, हेड स्कार्फ, सुती कपडा, हस्तकला जस्ता प्रमुख नेपाली उत्पादनहरू कुवेत निकासीमा जोड दिने बताएका छन ।

कुवेतबाट नेपालमा हुने सम्भावित व्यापार र लगानीका अवसरहरू प्रकाश पार्दै कुवेतको हालको लगानीलाई उजागर गर्दै नेपालमा पर्यटन, यातायात पूर्वाधार, सूचना तथा सञ्चार तथा प्रविधि, खानी तथा खनिज, उत्पादन, स्वास्थ्य र शिक्षा जस्ता विभिन्न क्षेत्रमा लगानीको सम्भावना रहेको काउन्सेलर सुजनी राणाले बताएकी थिइन ।
कार्यक्रमको संचालन प्रथम सचिव प्रेमराज गौतमले गरेका थिए । कार्यक्रममा कुवेत फण्ड फर अरब इकोनोमिक डेभलपमेन्टका प्रतिनिधि, कुवेतका प्रतिनिधि तथा सम्भावित लगानीकर्ता , स्थानीय पत्रकार, व्यापार तथा व्यवसायी समुदायका सदस्यहरु र एनआरएनए, कुवेतलगायत ४५ भन्दा बढीको सहभागिता रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- नेकपा  एमालेले  व्यवसायी मीनबहादुर गुरूङले  अनुदानमा बनाइिदने कार्यालय भवन नलिने भएको छ । जग्गा दानसहित  भवन दिने गुरुङको प्रस्तावलाई…

बंगलादेश–म्यानमार तनावले भारतलाई के सन्देश दिन्छ ? म्यानमारको विद्रोही समूहसँग सम्बन्धित धार्मिक नेताद्वारा सार्वजनिक गरिएको तथाकथित “स्वतन्त्र अरकान” को नक्साले…

एजेन्सि- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलबार आक्रमण गर्ने योजनालाई आफूले स्थगन गरेको बताएको छन् । युद्ध अन्त्यका लागि भइरहेको…

प्रतिकृयाहरू
...