Wednesday 5th August 2026

रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरुले आज राजीनामा दिने भएका छन्।

उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन लागेका हुन्।

रास्वपाका मन्त्रीहरु अहिले सामुहिक रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुावाटार जान लागेका छन्।

रास्वपा उपसभापतिसमेत रहेका श्रम मन्त्री डिपी अर्यालले आफूहर सामुहिक रुपमा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जान लागेको बताए।

प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित शिक्षामन्त्री सुमन श्रेष्ठ, श्रममन्त्री डिपी अर्याल र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन्।

यस अघि बुधबार साँझ एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिदै मन्त्रीहरुले राजीनामा बुझाइसकेका छन्। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ।


सम्बन्धित शीर्षकहरु

पछिल्लो समय सामाजिक सञ्जाल, विशेषगरी टिकटक र फेसबुकमा अलमुल्ला क्लिनिङ कम्पनीलाई केन्द्रित गरेर भिडियो र आरोपहरूको बाढी आएको छ। मजदुरको…

पाकिस्तानले चीनबाट खरिद गरेको SH-15 १५५ मिमी ५२ क्यालिबरको स्वचालित ह्विल्ड तोप प्रणाली भारतसँग जोडिएका क्षेत्रमा ठूलो संख्यामा तैनाथ गरेको…

यमनको पश्चिमी तट नजिक रेड सीमा भएको आक्रमणपछि एक भारतीय स्वामित्वको जहाज डुबेको छ। विस्फोटक पदार्थ बोकेको डुंगाबाट गरिएको आक्रमणका…

प्रतिकृयाहरू
...