Friday 19th June 2026

प्रधानमन्त्री अोली भन्छन् – ‘बिमस्टेक सम्मेलनबाट नेपालको प्रतिष्ठा र क्षमता बढ्यो’


तितोपाटी – प्रधानमन्त्री केपी ओलीले बिमस्टेकको चौथो शिखर सम्मेलन आयोजना गरेर नेपालको प्रतिष्ठा र क्षमता बढाएको बताएका छन् । भर्खरै सम्पन्न बिमस्टेक सम्मेलनबारे अाज सदनलाई जानकारी दिँदै प्रधानमन्त्री ओली यस शिखर सम्मेलनबाट नेपालको प्रभाव प्रतिष्ठा, विश्वसनातियता, क्षमतासमेत वृद्धि गरेको बताए ।

उनले भने, ‘नेपालले व्यवस्थित रुपमा गर्न सक्छ भन्ने देखाएको छ।’नेपालले विमस्टेक सम्मेलन सावधानीका साथ आयोजना र सञ्चालन त्रुटिरहित गरेकोले प्रभावकारी र सफल भएको प्रधानमन्त्रीले बताए । यही भदौ १४ र १५ गते काठमाडौंमा आयोजना भएको सम्मेलन १८ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको थियो।

बिमस्टेक सम्मेलन सफलता भएको भन्दै प्रधानमन्त्री ओलीले सोही अवसरमा म्यानमार र श्रीलंकाका राष्ट्रपतिसँग द्विपक्षीय भ्रमण र भारतका प्रधभामन्त्री नरेन्द्र मोदीसँग बिमस्टेकबाहेकका दुई देशका विभिन्न पक्षबारे कुराकानी भएको सदनलाई जानकारी दिए। यो सम्मेलनबाट सदस्य राष्ट्रहरुबीच तनाब नभई सहजताका साथ भावी दिसा र गन्तव्यमा अघि बढ्ने साझा निष्कर्ष निकालिएको उनले उल्लेख गरे। शिखर सम्मेलनबाट जारी काठमाडौं घोषणापत्रमा साझा निष्कर्ष, थुप्रे क्षेत्रहरु ओगटेको प्रधानमन्त्रीको भनाइ थियो।

सबै राष्ट्रप्रमुख र सरकार प्रमुखसँग छुट्टाछुट्टै भएको भेटमा क्षेत्रीय हित र समस्याका समाधानका प्रयासबारेमा कुराकानी भएको प्रधानमन्त्रीले उल्लेख गरे । उनले सम्मेलनको अवसरमा आयोजना गरिएको अनौपचारिक राजनीतिक स‌ंवाद (रिट्रिट) मौसमका कारण बदल्नु परेको प्रस्ट्याए । गोकर्ण रिसोर्टमा हुने भनिएको रिट्रिट पछि सोल्टी होटलमा राखिएको थियो ।  उनले क्षेत्रीय सहयोगलाई थप उपलब्धिमुलक बनाउन घोषणापत्र जारी गरेको पनि बताए ।

सम्मेलनका अवसरमा उर्जा क्षेत्रमा सहयोग, व्यापार प्रवर्द्धनको समझदारी भएको उनले उल्लेख गरे । त्यस्तै विद्युत् उत्पादनको प्रयोग गरेर भारत, बिमस्टेक सदस्य राष्ट्रलाई बिक्री गर्ने वातारण खुलेको पनि प्रधानमन्त्रीले बताए ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...