Wednesday 13th May 2026

कुवेतमा संयुक्त तीन किराँती संस्थाद्वारा उभौलि चाड भव्यरुपमा मनाए


“भाषा,संस्कार,संस्कृतिको संरक्षण,किरातीहरुको साझा अभियान” भन्ने मुल नाराका साथ कुवेतमा कृयासिल तीन किराती संस्थाहरु,किरात राईयायोक्खा कुवेत,किरात याक्थुङ चुम्लुङ कुवेत, सुनुवार सेवा समाज कुवेतद्वारा संयुक्तरुपमा किरातिहरुको महान चाड उभौलि साकेला, यक्वा तङ्नाम,रापवा श्यादर पिदर येले दोङ्, येले तङ्बे,येले थोचे,५०८४ तथा सांगीतिक कार्यक्रम हिजो मिती ७ जुन २०२४ शुक्रबारको दिन कुबेत को खैतान स्थित राजधानी होटलमा भव्यरुपमा मनाएका थिए।

किरातीहरु को आफ्नो महान् राष्ट्रिय चाड सालमा दुई चोटि मनाउने गर्छ। उभौली र उधौली वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली मनाइन्छ। उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रूपमा उनीहरुले मान्दै आएका छन्। वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ्। कार्यक्रम को मुख्य आकर्षक नेपाली सांगीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल वरिष्ठ गायक तथा संगीतकार (अनिल कोयी राई)ले आधुनिक देखि पूर्वेली र साकेला गीतहरु गाएर उपस्थित सबै लाई नचाएको थियो। भने साकेला चाडको अवसरमा परम्परागत भेषभूषामा सजिएका तिन किरातीहरु ले आफ्नो समुदायका मान्छेहरु भेला भएर गोलो घेरामा ढोल बजाउँदै साकेला नृत्य प्रस्तुत गरेका थिए। राईहरुको मौलिक झाँकी साकेला नाच,लिम्बूहरुको मौलिक नाच केलाङ नाच र सुनवारहरुको मौलिक झाँकी श्याँदर नाच,सांगातिक प्रस्तुतिहरु रहेको थिए।साथमा संस्थाका कलाकारहरु ले एकल गीत एकल नृत्य युगल तथा सामुहिक नृत्य गरी उधौली,कार्यक्रम लाई सुगन्ध भर्ने काम साथै मनोरन्जन दिलएको थिए।किरात याक्थुङ चुम्लुङ कुवेतका अध्यक्ष लिला भक्त चेम्जोङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष राज मल्ल,आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ,एनआरएनए आईसिसि सदस्य हरि लावती,रहेका थिए ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...