Sunday 8th March 2026

शर्मिलाले चुमिन छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको ताज


रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी शर्मिला बुढाथोकीले जितेकी छिन्। बेष्ट नेलआर्टको उपाधि समेत जितेकी शर्मिलाले बिजेता भएबापत २५ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरिन्।

काठमाडौंको जमल स्थित नाचघरमा सोमबार बेलुका सम्पन्न सो प्रतियोगितामा १५ हजार रुपैयाँ सहित फस्ट रनरअप र मोस्ट ट्यालेन्ट अवार्ड निशा थापाले, १० हजार रुपैयाँ सहित सेकेन्ड रनरअप र बेस्ट हेयर स्टाइल अवार्ड अम्बिका तुलाधर अधिकारीले, थर्ड रनरअप र बेस्ट हेयर केमिकल टेक्निशियन अवार्ड रजनी राईले हाँसिल गरे।

समारोहमा विमली तामाङले भिवर्य च्वाइस, बेष्ट ड्रेस र इन्नोसेन्ट व्युटिसियन गरी तीन अवार्ड हाँसिल गरिन्। यस्तै एलिशा फुयालले पब्लिक च्वाइस अवार्ड सहित फोटोजेनिक अवार्ड, सञ्जु तामाङले मोस्ट बब्लीसहित मल्टिमिडिया च्वाइस अवार्ड हाँसिल गरिन्।

मस्ट पँचुअल अवार्ड सबिना शाहीले, मस्ट इन्नोसेन्ट व्युटिसियन अवार्ड अनिता कालीकोटेले, मस्ट डिसिप्लेन अवार्ड जेस्मी श्रेष्ठ, मस्ट फ्रेन्डली अवार्ड मैना श्रेष्ठले, बेस्ट एण्ड हेल्दी हेयर अवार्ड उषा कापडले, बेस्ट स्किन अवार्ड हिसिला महर्जनले, स्माइल अवार्ड अस्मिता अधिकारीले, अर्गनाईजर च्वाईस र मस्ट ब्यूटीफुल अवार्ड सनम खड्गीले, मस्ट कन्फिडेन्ट अवार्ड सबिना महर्जनले, मस्ट इन्टेलिजेन्ट अवार्ड सृजना श्रेष्ठले, बेष्ट फिटनेस अवार्ड लक्ष्मी पोखरेलले, बेष्ट पर्सनालिटी अवार्ड मञ्जु खत्रीले, बेष्ट मेहेन्दी आर्ट अवार्ड सम्झना सुवेदी थापाले, बेष्ट केराटिन टेक्निसियन अवार्ड अम्बिका खत्रीले, बेस्ट क्याटवाक अवार्ड आरती राईले, बेष्ट मेकअप अवार्ड ऋतु राना (रिता)ले, म्यानेजमेन्ट च्वाईस अवार्ड रीता भट्टराईले हाँसिल गरे।

ग्रान्ड फिनाले समारोहमा निर्णायकहरुमा डा. सरोज लामिछाने, अभिनेता तेज गिरी, एच्यु हेयर ओयलकी प्रबन्ध निर्देशक बिमला मानन्धर, इभेन्ट निर्देशक धिरज तण्डुकार, व्युटिसियन पुजा श्रेष्ठ, बाटिका क्रियसनकी फेशन डिजाईनर गोमा अधिकारी धिताल र हाईड एन्ड सिक किन्डर गार्डेनकी प्रिन्सियल कुमुद भट्ट थिए ।

कार्यक्रममा सौन्दर्यकर्र्मीहरु ललिता जोशी, राजेश्वरी शिल्पकार, सिता श्रेष्ठ, पुनम थापा, स्मृति सुब्बा, इन्दिरा सुवेदी पुरी र सौन्दर्यकर्मी कुशुम भण्डारीलाई सम्मानित गरियो । यस्तै हिमालयन ब्रअरीका जनरल म्यानेजर श्यामबहादुर श्रेष्ठ, अभिनेता प्रवण भुसाल, गायक ओम सुनार, फेशन डिजाईनरहरु दिलमायाँ मगर, सुजन देउवा, कुमार श्रेष्ठ, दिलमाया मगर, गायक आर्जन पाण्डे, मोडल रुविना अधिकारी, डान्स कोरियोग्राफर रबिता मगर पनि सम्मानित भए ।


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...