Tuesday 22nd July 2025

भारतमा लोकसभाको आज तेस्रो चरणको मतदान हुँदै


भारतमा आज लोकसभा चुनावको तेस्रो चरणको मतदान भइरहेको छ ।

यस चरणमा ११ राज्य र केन्द्र शासित प्रदेशको ९३ सिटमा मतदान भइरहेको छ । तेस्रो चरणमा कुल १।८५ लाख मतदान केन्द्रमा १७।२४ करोड मतदाताले मतदान गर्ने भारतीय निर्वाचन आयोगले जनाएको छ ।

यस चरणमा हाइप्रोफाइल नेताहरु गृहमन्त्री अमित शाह, नागरिक उडड्यनमन्त्री ज्योतिरादित्य सिन्धे, स्वास्थ्यमन्त्री मनसुख मण्डाविया, केन्द्रीय मन्त्री पुरुषोत्तम रुपालालगायत धेरै केन्द्रीय मन्त्रीहरूको भाग्यको फैसला हुनेछ भने डिम्पल यादव, सुप्रिया सुले, दिग्विजय सिंह जस्ता विपक्षी नेताहरूको लोकसभा सीटमा पनि मतदान भइरहेको छ ।

तेस्रो चरणको मतदान हुने राज्यहरूमा आसाम, बिहार, छत्तीसगढ, गोवा, गुजरात, कर्नाटक, मध्य प्रदेश, महाराष्ट्र, उत्तर प्रदेश, पश्चिम बंगाल, दादर नगर हवेली र दमन दीप् छन् ।


सम्बन्धित शीर्षकहरु

केही झिल्का कविताहरू १. लेखौँ झिल्का कविता भावलहर बगेर जावस् बनोस् दिव्य सरिता । २. भावगङ्गामा नुहाउन जाऊँ मनका फोहर…

कुवेतबाट प्रकाशित मुलधारको अंग्रेजी दैनिक को एउटा होस उडाउने समाचार प्रकाशित भएको छ जसले भनेको छ की गत बर्ष २०२४…

मानाडो - इन्डोनेसियाको सुलावेसी टापुबाट आइतबार सयौं मानिसहरू बोकेको एउटा यात्रुवाहक डुङ्गामा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले…

प्रतिकृयाहरू
...