Friday 5th September 2025

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव


हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ ।

यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन र न त इजरायलले प्रस्तावको विवरण सार्वजनिक गरेको छ । तर, केही दिनअघि इजिप्ट र हमासका अधिकारीहरूले युद्धविराम धेरै चरणमा हुने बताएका थिए । यस अवधिमा, हमासले बन्धकहरूलाई रिहा गर्नेछ र इजरायलले गाजाबाट आफ्ना सेना फिर्ता गर्ने विषय समावेश रहेको छ ।

हमासले एक विज्ञप्ति जारी गर्दै युद्ध विरामको प्रस्ताव स्वीकार गर्न सहमत भएको बताएको थियो । बयान बाहिर आउने बित्तिकै प्यालेस्टिनीहरूले रफाह वरपर फैलिएका शिविरहरूमा खुशी व्यक्त गरेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुरा गरेका थिए र राफाको बारेमा चिन्ता व्यक्त गरेका थिए । अमेरिका सहित इजरायलका अन्य घनिष्ठ सहयोगीहरूले इजरायलले रफाहमाथि आक्रमण नगर्न बारम्बार आग्रह गरेका छन् । रफाहमा करिब १४ लाख प्यालेस्टिनीले शरण लिएको बताइएको छ ।

गत अक्टोबर ७ का दिन बिहान हमासले इजरायली सहरमा करिब ५ हजार रकेट प्रहार गरेको थियो । त्यसपछि दुवै पक्षबीच युद्ध जारी छ ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेत / कुवेतमा केही दिनयता घटेको विषाक्त मदिरा त्रासदीले सम्पूर्ण नेपाली समुदायलाई असह्य पीडा र स्तब्धतामा डुबाएको…

लुलु हाइपरमार्केट - मध्य पूर्वको एक अग्रणी खुद्रा ब्रान्ड, जसले गुणस्तर, सुविधा र ग्राहक सन्तुष्टिमा केन्द्रित हुँदै ताजा उत्पादन, किराना…

बुर्किना फासोको संसदले समलैंगिक कार्यहरूलाई गैरकानूनी घोषित गर्ने पक्षमा मतदान गर्‍यो बुर्किना फासोको अनिर्वाचित संक्रमणकालीन संसदले समलैंगिक कार्यहरूलाई प्रतिबन्ध लगाउने…

प्रतिकृयाहरू
...