Friday 19th June 2026

युएनएससीमा चीनको प्रस्ताव पास, अमेरिका अनुपस्थित -ईजरायल अमेरिकासँग क्रुद्ध


गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) मा ल्याइएको प्रस्ताव स्वीकृत भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकाले यस प्रस्तावमा भएको मतदानमा भाग लिएन । जसको कारण अमेरिकासँग ईजरायल क्रुद्ध बनेको छ ।

चीनले सोमबार नै गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्मा प्रस्ताव पेश गरेको जानकारी दिएको थियो । यसअघि अमेरिकाले ल्याएको प्रस्तावलाई चीन र रुसले भिटो गरेका थिए । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने कि चीनले यो मस्यौदा प्रस्तावलाई समर्थन गर्दछ। उनले यो प्रस्ताव तयार गर्न अल्जेरिया र अन्य अरब देशहरूको कडा मेहनतको प्रशंसा गरेको पनि बताए।

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको हमलापछि गाजामा इजरायली हमलामा हालसम्म ३२ हजार २२६ जनाको मृत्यु भइसकेको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यो तथ्यांक सार्वजनिक गरेको हो।

उता ईजरायल भने गाजा मामिलामा संयुक्त राष्ट्रसंघमा अमेरिकाको अडानप्रति आक्रोशित बनेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद् (UNSC_ ले गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रस्ताव पारित गरेपछि इजरायलले आफ्नो प्रतिनिधिमण्डलको प्रस्तावित अमेरिका भ्रमण नै रद्द गरिदिएको छ । इजरायलका प्रधानमन्त्रीको कार्यालयले संयुक्त राष्ट्र सुरक्षा परिषदमा अमेरिकाको अडानमा परिवर्तन आएपछि बेन्जामिन नेतान्याहुले यो निर्णय गरेको जनाएको छ । उनले अमेरिकाको अडानमा परिवर्तन भए भ्रमण रद्द गर्ने धम्की दिएका थिए ।

इजरायलको क्रोधको कारण यो प्रस्तावमा मतदानमा अमेरिकाको गैर-भिटो हो। सोमबार भएको मतदानमा अमेरिकाले भाग लिएन । यो प्रस्ताव चीनले ल्याएको हो । तर, व्हाइट हाउसले मतदान प्रक्रियामा सहभागी नहुनु अमेरिकाको नीतिमा परिवर्तन नभएको बताएको छ । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले पनि अमेरिकाले आफ्नो निर्णयबारे इजरायलसँग कुरा गर्ने बताए ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...