Sunday 12th May 2024

खोटाङका क्यान्सर पीडित सुखमान राईको उपचारार्थ रू २ लाख २२ हजार ९ सय ३९ रूपैयाँ सहयोग


खोटाङका क्यान्सर पीडित सुखमान राईको उपचारार्थ रू २ लाख २२ हजार ९ सय ३९ रूपैयाँ सहयोग गरिएको छ । सो रकम मध्यपूर्व र मलेशिया लगायतका देशमा रहेका श्रमिकहरूले संकलन गरि सयहोग गरेको कुरा कुवेत स्थित केदार आले मगरले बताएका हुन् । उक्त रकम सहयोग गर्न क्यान्सर पीडित सुखमान राई बचाउ अभियान टिम नै बनाएर अभियान चलाइ संकलन गरिएको थियो । घरायसी आर्थिक अबस्था कम्जोर भएका राइको उपचारमा रु २२२,९३९ सहयोग गरेको छ । विभिन्न देशमा रहेका अाप्रवासी श्रमिकहरूको अगुवाइमा संकलन गरिएको उक्त रकम क्यान्सर पीडित राइको छोरीलाइ हस्तान्तरण गरिएको छ ।
गत जनवरी २१, २०२४ बाट शुरू गरिएको सहयोग अभियान यहि मार्च १८, २०२४ मा समापन गरि सहयोग रकम हस्तान्तरण गरिएको सहयोग अभियानमा कुवेतबाट अगुवाइ गरेका केदार अाले मगरले तीतोपाटी डट कमलाइ जानकारी दिएका छन् ।

यस क्यान्सर पीडित सुखमान राई बचाउ अभियानमा विभिन्न देशमा रहेर पनि अभियान्ताहरुले साथ सहयोग दिएका थिए। सहयोग संकलन गर्न मलेसियाबाट प्रकाश बन्जारा,पुकल श्रेष्ठ,कतार बाट हरि श्रेष्ठ,साउदिबाट सन्देश मगर,कुवेतबाट गुना राई लगायतले विशेष भुमिका निभाएका थिए भने नेपाल बाट ध्यान कुमार राई,इश्वर बन्जारा लगायतले मुख्य भुमिका निभाएका थिए भने कुवेतबाट केदार आले मगरले मुख्य भुमिका निभाउदै कतार,मलेसिया,साउदी,कुवेत,अमेरिका,दुबई नेपाल लगायत बिभिन देशमा कार्यरत सहयोगी मनहरुले आफुले सकेको सहयोग गरेका थिस्।

दुइ महिना लामो सहयोग अभियान संचालनपछि संकलन भएको रकम समाजसेवी चन्द्र कुमार राई, ईश्वर बन्जारा, केदार आले मगर,प त्रकार राम मगर, बविता बान्तवा राई लगायतको उपस्थितिमा यहि १८ मार्च २०२४ (२०८० चैत्र ५ गते) का दिन बिरामी सुखमान राईकी छोरी निशा राईको निवासमा बिरामी सुखमान राई (डाडाघरे कान्छा) र छोरी निशा राईलाई हस्तान्तरण गरिएको अभियन्ता केदार अाले मगरले बताए ।

यस क्यान्सर पिडित सुखमान राई बचाउ अभियान यहि मिति २०८०/१२/५ गते (२०२४ मार्च १८ तारिक)देखि बन्द गरिएको र अब उपारन्त कहि कतै निज पीडितको नाममा सहयोग संकलन गरिएको पाईएमा यस अभियान टिम जवाफदेहि नहुने पनि क्यान्सर पीडित सुखमान राई बचाउ अभियान टिमले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

उत्तरी अफगानिस्तानमा अधिक वर्षाका कारण शुक्रबार अचानक बाढी आउँदा ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ र हजारौं घरहरू ध्वस्त…

राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् । नेपालको राजीनामा आज राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यलयले…

एजेन्सि-रुस र युक्रेनबीच २६ महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । अहिलेको अवस्थामा यो युद्ध अन्त्य हुने सम्भावना देखिँदैन ।…

प्रतिकृयाहरू
...