Friday 23rd October 2026

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । मत विभाजनद्वारा सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । मत विभाजनको परिणामअनुसार बैठकमा २६८ जना सांसद उपस्थित रहेका र प्रस्ताव पक्षमा १५७, विपक्षमा ११० र मत दिन्नँ भन्ने तटस्थमा १ मत खसेको सभामुख घिमिरेले जानकारी दिए ।

प्रस्तावको पक्षमा खसेको १५७ मत बहुमत पुगेकाले प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको सभामुख घिमिरेले बैठकमा जानकारी गराए ।


सम्बन्धित शीर्षकहरु

तिब्बत क्षेत्रमा बिहीबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्।…

दक्षिण अफ्रिकाको तटीय सहर डरबनमा आप्रवासीविरोधी प्रदर्शनका क्रममा एक विदेशी नागरिकको कुटपिटबाट मृत्यु भएको छ। प्रहरीले बिहीबार दिएको जानकारी अनुसार…

जलवायु परिवर्तनका कारण हुने हानि–नोक्सानी सम्बोधन गर्न स्थापना गरिएको ‘हानि–नोक्सानी कोष’ (Loss and Damage Fund) ले नेपाललाई २० मिलियन अमेरिकी…

प्रतिकृयाहरू
...