Monday 22nd June 2026

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । मत विभाजनद्वारा सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । मत विभाजनको परिणामअनुसार बैठकमा २६८ जना सांसद उपस्थित रहेका र प्रस्ताव पक्षमा १५७, विपक्षमा ११० र मत दिन्नँ भन्ने तटस्थमा १ मत खसेको सभामुख घिमिरेले जानकारी दिए ।

प्रस्तावको पक्षमा खसेको १५७ मत बहुमत पुगेकाले प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको सभामुख घिमिरेले बैठकमा जानकारी गराए ।


सम्बन्धित शीर्षकहरु

अमेरिका–इजरायलले इरानमा गरेको आक्रमणले सत्ता परिवर्तन गर्ने लक्ष्य पूरा हुन सकेन र अन्ततः ११० दिनपछि अमेरिकाले इरानसँग अन्तरिम शान्ति समझ्दारी…

अमेरिकी उपराष्ट्रपति J. D. Vance ले इजरायली मन्त्रिपरिषद्का केही सदस्यहरूलाई सार्वजनिक रूपमा दिएको चेतावनी सामान्य कूटनीतिक टिप्पणी मात्र होइन, अमेरिका–इजरायल…

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...