Tuesday 12th May 2026

एनआरएनए युरोप युवा संयोजक भण्डारी माल्टाका लागि पर्यटनदुतमा नियुक्त


तीतोपाटी डटकम- माल्टा, नेपालका लागि माल्टाका पर्यटनदुतमा एनआरएनए युरोपका युवा संयोजक प्रकाश भण्डारी नियुक्त भएका छन । फागुन १३ गते नेपाल सरकार मन्त्रीपरिषदको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको निर्णयानुसार भण्डारी माल्टाका लागि पर्यटनदुतमा नियुक्त नियुक्त भएका हुन ।
युरोपको माल्टा देशका लागि पर्यटनदुतमा नेपाल सरकारले नियुक्त गरेपछि आफूलाई धेरै खुसी लागेको भण्डारीले बताए । नेपालको पर्यटन प्रवर्दनमा आफू लागि परेको र नेपाल सरकारले आफूलाई विश्वास गरेर जिम्मा दिएपछि सक्रिय भएर ईमान्दारीताका साथ जिम्मेवारी पूरा गर्ने उनले बताए ।
नेपालको बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नम्बर ११ मनेवा स्थायी घर भएका भण्डारी २०१६ मा रोजगारीको सिलसिलामा माल्टा पुगेका थिए । माल्टामा गैर आवासीय नेपाली संघ गठनको लागि प्रमुख भूमिका खेलेका भण्डारीले २०१९ देखि २१ सम्म एनआरएनए माल्टाको उपाध्यक्षको जिम्मेवारी समेत सम्हाली सकेका छन । हाल भण्डारी एनआरएनए युरोप युवा संयोजक र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाको सल्लाहकारको भूमिकामा रहेका छन ।
नेपाल माल्टा च्यारिटी अर्गनाइजेशनको संयोजक भएर भण्डारीले २०२३ अप्रिल १६ तारीखका दिन माल्टाको राजधानी भेलेटामा नेपाल डे सेलीब्रेसन नेपाल दिवस भब्यरुपमा सम्पन्न गराउन सफल भएका थिए । २०२४ मा पनि नेपाल डे सेलीब्रेसन भब्यरुपमा मनाउने तयारी भईरहेको भण्डारी बताउछन ।
२०२४ को अगस्टमा माल्टाबाट विदेशी टोली लिएर पर्यटन प्रवर्दनका लागि नेपाल भ्रमणमा जान लागेको उनले बताए । नेपालको पर्यटन प्रवर्दनमा विदेशमा रहेका सबै नेपाली एक भएर लाग्नुपर्नेमा भण्डारीले जोड दिदैं आफुलाई नेपाल सरकारले दिएको जिम्मेवारी इमान्दारिताका साथ पुरा गर्ने बताए ।


सम्बन्धित शीर्षकहरु

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा केही यस्ता बुँदाहरू समावेश भएका छन्, जसले दीर्घकालीन रूपमा मुलुकमा आशा…

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, मर्यादित र वातावरणमैत्री बनाउने उद्देश्यसहित देशव्यापी रूपमा “सरसफाइ सप्ताह २०८३” घोषणा…

प्रतिकृयाहरू
...