Monday 21st April 2025

एनआरएनए युरोप युवा संयोजक भण्डारी माल्टाका लागि पर्यटनदुतमा नियुक्त


तीतोपाटी डटकम- माल्टा, नेपालका लागि माल्टाका पर्यटनदुतमा एनआरएनए युरोपका युवा संयोजक प्रकाश भण्डारी नियुक्त भएका छन । फागुन १३ गते नेपाल सरकार मन्त्रीपरिषदको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको निर्णयानुसार भण्डारी माल्टाका लागि पर्यटनदुतमा नियुक्त नियुक्त भएका हुन ।
युरोपको माल्टा देशका लागि पर्यटनदुतमा नेपाल सरकारले नियुक्त गरेपछि आफूलाई धेरै खुसी लागेको भण्डारीले बताए । नेपालको पर्यटन प्रवर्दनमा आफू लागि परेको र नेपाल सरकारले आफूलाई विश्वास गरेर जिम्मा दिएपछि सक्रिय भएर ईमान्दारीताका साथ जिम्मेवारी पूरा गर्ने उनले बताए ।
नेपालको बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नम्बर ११ मनेवा स्थायी घर भएका भण्डारी २०१६ मा रोजगारीको सिलसिलामा माल्टा पुगेका थिए । माल्टामा गैर आवासीय नेपाली संघ गठनको लागि प्रमुख भूमिका खेलेका भण्डारीले २०१९ देखि २१ सम्म एनआरएनए माल्टाको उपाध्यक्षको जिम्मेवारी समेत सम्हाली सकेका छन । हाल भण्डारी एनआरएनए युरोप युवा संयोजक र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाको सल्लाहकारको भूमिकामा रहेका छन ।
नेपाल माल्टा च्यारिटी अर्गनाइजेशनको संयोजक भएर भण्डारीले २०२३ अप्रिल १६ तारीखका दिन माल्टाको राजधानी भेलेटामा नेपाल डे सेलीब्रेसन नेपाल दिवस भब्यरुपमा सम्पन्न गराउन सफल भएका थिए । २०२४ मा पनि नेपाल डे सेलीब्रेसन भब्यरुपमा मनाउने तयारी भईरहेको भण्डारी बताउछन ।
२०२४ को अगस्टमा माल्टाबाट विदेशी टोली लिएर पर्यटन प्रवर्दनका लागि नेपाल भ्रमणमा जान लागेको उनले बताए । नेपालको पर्यटन प्रवर्दनमा विदेशमा रहेका सबै नेपाली एक भएर लाग्नुपर्नेमा भण्डारीले जोड दिदैं आफुलाई नेपाल सरकारले दिएको जिम्मेवारी इमान्दारिताका साथ पुरा गर्ने बताए ।


सम्बन्धित शीर्षकहरु

उत्तरी बंगलादेशका एक प्रमुख हिन्दू नेता भावेश चन्द्र रोयको अपहरण गरी हत्या गरिएको छ। यो घटनापछि भारतले बंगलादेशप्रति कडा असन्तुष्टि…

बंगलादेश र पाकिस्तानबीच विदेश सचिवस्तरीय बैठकहरू नियमित रूपमा हुने भनिएको थियो। तर यसपटक यो लगभग १५ वर्ष पछि आयोजना गरिएको…

शिकागो: बहिरा र श्रवणशक्ति कमजोर भएका समुदायका सदस्यहरूसँग शिक्षकको रूपमा काम गर्दा एक साउदी कृत्रिम बुद्धिमत्ता विद्वानलाई प्रविधिले संसारसँग कुराकानी…

प्रतिकृयाहरू
...