Thursday 16th July 2026

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत र नेपाली दूतावासबिच भेटघाट


नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले १ फ्रेब्रुअरी २०२४ का दिन नेपाली दूतावास कुवेतमा विशेष भेटघाट कार्यक्रम गरेको छ ।

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको अध्यक्ष राज मल्लको टोलीले कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्साल , काउन्सेलर सुजनी राना, प्रथम सचिव तथा सूचना अधिकारी प्रमराज गौतम, कुटनीतिक सहचारी नबिन पराजुली र श्रम सहचारी गिरी प्रसाद आचार्य संग भेटघाट गरेको हो ।
महासंघले कार्यसमितिका पदाधिकारीहरुको विवरण सहित  कुवेतबाट संचालित मिडियाको लिस्ट राजदूत घनश्याम लम्साललाई हस्तान्तरण गरेको थियो । कुवेतमा कार्यरत नेपाली श्रमिकको समसामयिक समस्या र त्यसको न्यूनीकरण लगायतको विषयमा विशेष छलफल भएको थियो । राजदूतले नयाँ कायसमितिलाई कार्यसफलताको शुभकामना दिदै स्वागत गर्नु भएको थियो । उहाँले भन्नु भयो ‘कुवेतमा रहेका नेपालीलाई दूतावासको तर्फबाट गर्नुपर्ने कामहरु सहज बनाउन  प्रयासरत  रहेको छ । साथै पत्रकार संग मिलेर अगाडी बढ्ने र कुवेतमा कार्यरत नेपाली श्रमिकको हितमा काम गर्ने प्रतिबद्धता गर्छु । दूतावासमा दिनानुदिन घरेलु कामदारको समस्या आईरहेको र उक्त समस्या समाधान गर्न दूतावासले हदैसम्म पहल गरिरहेको छ ‘।

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष राज मल्लले कुवेतमा सरकारले घरेलु कामदार आउन प्रतिबन्ध गरे पनि अवैधानिक बाटो हुदै आउनेको सङ्ख्या बढेको र कुवेत सरकार र नेपाल सरकारले दोहोरो श्रम सम्झौता गरे मात्र केही हदसम्म भए पनि घरेलु कामदारको समस्या न्यूनीकरण हुने बताउनु भयो । त्यस्तै कम्पनीमा ७०/७५ केडी तलबमा काम गर्न आउने श्रमिकले समयमै तलब नपाउने र करार अवधी भन्दा पहिले नै कम्पनीको प्रोजेक्ट सकिने समस्या आएको हुदा दूतावास बाट डिमान्ड पास गर्दा कम्पनी अनुसन्धान गरेर मात्र डिमान्ड पास गर्न दूतावासलाई अनुरोध गर्नुभएको थियो ।

भेटघाट कार्यक्रममा  नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका कार्यसमिति उपाध्यक्ष चन्द्र गोतामे, सचिव हरी बानिया , सदस्य बिजय धामी र जय नारायण थारु माझी लगाएतले कुवेतमा रहेका आम श्रमिक समस्या बारे जानकारी गराउदै सहजीकरणको लागि दूतावासलाई अनुरोध गर्नुभएको थियो ।


सम्बन्धित शीर्षकहरु

एर्बिल, इराक। इराकको कुर्दिस्तान क्षेत्रको राजधानी एर्बिल (Erbil) माथि उडिरहेको एक विस्फोटक ड्रोन हवाई प्रतिरक्षा प्रणालीले खसालेको इराकी सुरक्षा स्रोतलाई…

कुवेत सिटी। कुवेतको रक्षा मन्त्रालयले इरानसँगको जारी तनाव सुरु भएयता आफ्नो वायु रक्षा प्रणालीले ठूलो संख्यामा मिसाइल र ड्रोन आक्रमण…

इरानका प्रमुख वार्ताकार गालिबाफ : ‘युद्ध चाहँदैनौँ, तर राष्ट्रिय सुरक्षाका लागि अन्तिमसम्म लड्न तयार छौँ’ तेहरान। इरानका प्रमुख वार्ताकार मोहम्मद…

प्रतिकृयाहरू
...