Sunday 6th September 2026

लक्ष्मी पुनलाई पशुपति क्षेत्र विकास कोषमा काम गर्नबाट रोक्न अदालतको आदेश


पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई सो पदको हैसियतमा कोषमा काम गर्न अदालतले रोक लगाएको छ । उच्च अदालत पाटनले पुनलाई तत्काल कामकाज नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले तत्कालको लागि इजलासले उनको नियुक्ती लागू नगर्न आदेश दिएको हो । कोषको कार्यकारी निर्देशकमा योग्यता र मापदण्ड नपुगेको व्यक्तिलाई नियुक्त गरिएको आरोपसहित परेको रिटमा प्रारम्भिक सुनुवाइपछि अदालतले यस्तो आदेश जारी गरेको हो ।

पुनको नियुक्तिविरुद्ध भरत मरासिनीले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए । ४ पुसमा पुनलाई पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त गरिएपछि मरासिनीले २६ पुसमा रिट दर्ता गराएका थिए ।


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयले Decision No. 1410 of 2026 जारी गर्दै विदेशी नागरिकसम्बन्धी रेसिडेन्सी कानुनको कार्यान्वयन नियमावलीमा महत्वपूर्ण संशोधन गरेको छ।…

दक्षिणी लेबनानमा हिजबुल्लाहले इजरायली सैनिकलाई लक्षित गर्दै विस्फोटक ड्रोन प्रहार गरेपछि इजरायली सेनाले हिजबुल्लाहका सैन्य पूर्वाधारमाथि हवाई तथा स्थल कारबाही…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले अमेरिकी विमानवाहक युद्धपोत र अमेरिकी नौसेनाको एक डेस्ट्रोयरलाई लक्षित गर्दै धेरैवटा ब्यालेस्टिक मिसाइल…

प्रतिकृयाहरू
...