Friday 20th December 2024

रुकुम पश्चिमको सोती घटना- २३ जनालाई जन्मकैदको फैसला


नवराज विकसहित ६ जनाको हत्या हुनेगरी भएको रुकुम पश्चिमको सोती घटनामा संलग्न रहेको आरोपमा ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत रुकुम पश्चिमले जनाएको हो ।
आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्गबहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार ज्यान मुद्दामा प्रतिवादी बनाएका मृतक नवराज विककी प्रेमिका, उनकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय सुनाएको छ ।
घटनामा संलग्न भएका आठ जनालाई भने रुकुम जिल्ला अदालतले सफाइ दिएको सूचना अधिकारी कोइरालाले बताए ।

तस्बिर:-सामाजिक संजाल


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी, कुवेत मौसम विज्ञान विभाग ९एमडी०ले साताको अन्त्यमा दिनभरको मौसम सामान्यतया चिसो र राती धेरै चिसो हुने पूर्वानुमान गरेको…

मस्कट: ओमान लगानी प्राधिकरण (ओआईए) ले बुधबार अमेरिकी कम्पनी XAI मा आफ्नो हिस्सेदारी अधिग्रहण गर्ने घोषणा गर्‍यो, आर्टिफिसियल इन्टेलिजेन्स (एआई)…

ईजरायल र हमास बीच ईजिप्टको काईरोमा चलिरहेको युद्धविराम सम्बन्धि बार्ताले विगतको भन्दा अहिले संझौताको नजिक पुग्ने संभावना बोकेको छ ।…

प्रतिकृयाहरू
...