Monday 1st December 2025

पोर्चुगलमा नेपाली दूतावास स्थापना गरिने, सनिल नेपाल राजदूत सिफारिस


तितोपाटी-सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारले गएको कात्तिक पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले युरोपेली मुलुक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो । पोर्चुगलमा दूतावास खोल्ने विषयमा प्रश्न उठेका बेला सरकारले निर्णय गरेर पनि सार्वजनिक गरेको थिएन । सरकारले एकैपटक बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट राजदूत नियुक्त गरेको सूचना सार्वजनिक गरेको हो । हाल नेपालका विभिन्न देशमा ३० आवासीय दूतावास, ३ स्थायी नियोग र ७ महावाणिज्य दूतावास गरी विदेशमा ४० वटा कूटनितिक नियोगहरू सञ्चालन गरिरहेको छ ।
राज्यकोषबाट बर्सेनि अर्बौं खर्च गरेर खोलेका ती नियोगबाट उचित प्रतिफल लिन नसकेको भन्दै आलोचना भइरहेका बेला सरकारले पोर्चुगलमा पनि दूतावास खोलेर राजदूत नियुक्त गरेको हो ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

डोनेट्स्कमा युक्रेनीहरू र ठूलो संख्यामा अफ्रिकीहरू बीच रक्तपातपूर्ण लडाइँहरू युक्रेनी सेनाले उत्तरी डोनेट्स्क ओब्लास्टको लिमन दिशामा रूसी पक्षमा सेवा गरिरहेका…

पाकिस्तानले आइतबार सर्वशक्तिमान सैन्य कानुनी उन्मुक्ति प्रदान गर्ने सम्बन्धमा कानूनको शासनको लागि सम्भावित "दूरगामी परिणामहरू" बारे संयुक्त राष्ट्र मानव अधिकार…

यस सप्ताहन्तमा बेरुत आइपुग्ने पोपलाई सन्देश दिँदै लडाकू समूह हिज्बुल्लाहले शनिबार पोप लियो चौधौंलाई लेबनान विरुद्ध इजरायली "अन्याय र आक्रामकता"…

प्रतिकृयाहरू
...