Wednesday 24th September 2025

महोत्तरीमा घरबाटै ८ महिने बालक चोरी


तितोपाटी – महोत्तरी जिल्लाको औरही नगरपालिकाबाट ८ महिनाकी शिशु चोरी भएको छ । औहरी नगरपालिका–१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी अाइतबार घरबाटै चाेरिएकी हुन् ।

एक अपरिचित व्यक्तिले बालिकाको वुवा चिन्छु भन्दै आइतबार साँझ ६ बजेतिर केहीबेर खेलाएजस्तो गरेर फरार भएको परिवारका सदस्यले बताएका छन् ।

इलाका प्रहरी कार्यालय, गौशालाका सई प्रदीप भगतले बालिका लिएर अज्ञात व्यक्ति फरार भएको पुष्टि गर्दै खबर पाएलगत्तै खोजी कार्य थालेको जानकारी दिए ।

केही शंकास्पदहरुलाई पहिचान गरेर घटनाको छानविन भइरहेको उनको भनाइ छ ।

बालिका अपहरणपछि परिवारमा रुवाबासी चलेको छ ।

यसअघि गत माघमा वीरगन्ज उपमहानगरपालिका-१, छपकैयाकी आशादेवी र मुकेश पासवानको शिुशु चोरी भएको थियो । तर प्रहरीले ३ दिनपछि उक्त बच्चा फेला पारेको थियो ।

०७० माघमा बुलवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा पनि यस्तै घटना भएको थियो । कपिलवस्तुको वीरपुर–६, कुदरबेटवाका सन्जु भन्ने परमात्मा रैदासको ९ दिने नवजात शिशु अस्पतालबाटै चोरी भएको थियो ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...