Friday 19th June 2026

महोत्तरीमा घरबाटै ८ महिने बालक चोरी


तितोपाटी – महोत्तरी जिल्लाको औरही नगरपालिकाबाट ८ महिनाकी शिशु चोरी भएको छ । औहरी नगरपालिका–१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी अाइतबार घरबाटै चाेरिएकी हुन् ।

एक अपरिचित व्यक्तिले बालिकाको वुवा चिन्छु भन्दै आइतबार साँझ ६ बजेतिर केहीबेर खेलाएजस्तो गरेर फरार भएको परिवारका सदस्यले बताएका छन् ।

इलाका प्रहरी कार्यालय, गौशालाका सई प्रदीप भगतले बालिका लिएर अज्ञात व्यक्ति फरार भएको पुष्टि गर्दै खबर पाएलगत्तै खोजी कार्य थालेको जानकारी दिए ।

केही शंकास्पदहरुलाई पहिचान गरेर घटनाको छानविन भइरहेको उनको भनाइ छ ।

बालिका अपहरणपछि परिवारमा रुवाबासी चलेको छ ।

यसअघि गत माघमा वीरगन्ज उपमहानगरपालिका-१, छपकैयाकी आशादेवी र मुकेश पासवानको शिुशु चोरी भएको थियो । तर प्रहरीले ३ दिनपछि उक्त बच्चा फेला पारेको थियो ।

०७० माघमा बुलवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा पनि यस्तै घटना भएको थियो । कपिलवस्तुको वीरपुर–६, कुदरबेटवाका सन्जु भन्ने परमात्मा रैदासको ९ दिने नवजात शिशु अस्पतालबाटै चोरी भएको थियो ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...