Thursday 18th June 2026

समूह विजेता बन्दै नेपाल एसीसी यू–१९ प्रिमियर कपको सेमिफाइनलमा


एसीसी यू–१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
मलेसियामा जारी खेलमा नेपालले साउदी अरबलाई ३०१ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। अब नेपालले सेमिफाइनलमा समूह ‘डी’ को विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएको हो।

साउदीलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश कँडेलले ६, आकाश चन्दले २ र शुवास भण्डारीले एक विकेट लिए।

यसअघि मलेसियाको युएसडी–युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेट गुमाएर ३४७ रनको विशाल योगफल बनाएको थियो।


सम्बन्धित शीर्षकहरु

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

प्रतिकृयाहरू
...