Wednesday 15th October 2025

कुवेत ट्रेड युनियन महासंघद्वारा जिफन्ट कुवेतका प्रमुख गणेश रावत सम्मानित


तीतोपाटी – कुवेत ट्रेड युनियन महासंघले नेपाल ट्रेड युनियन महासंघ कुवेतका इन्चार्ज गणेश रावतलाइ एक कार्यक्रमका बिच सम्मान गरेको छ । कुवेत ट्रेड युनियन महासंघले संचालन गरेको श्रमिक हिंसा र उत्पीडन विरूद्धको अभियानमा सहभागी भइ उत्कृष्ट कार्य गरेको भन्दै गत १७ अक्टोबर साँझ कुवेत ट्रेड युनियन महासंघको कार्यालयमा एक सम्मान पार्टीको अायोजना गरि रावतलाइ सम्मान गरिएको हो । सम्मान समारोहमा कुवेत ट्रेड युनियन महासंघका महासचिव महम्मद अल अरदा, सोलिडारिटी सेन्टर कुवेतका अब्दुलरहमान लगायतको उपस्थिति रहेको थियो ।

करिब २ दशकदेखि कुवेतमा अाप्रवासी श्रमिकको रूपमा कार्यरत रावत विगत केही वर्षदेखि जिफन्ट कुवेतको प्रमुखको रूपमा रहेर कुवेतमा रहेका नेपाली श्रमिकहरूका समस्या समाधानमा सकृय छन् ।

संस्थागत तथा व्यक्तिगत रूपमा पीडित भएका नेपाली श्रमिकहरूलाइ काउन्सिलिङ, दूतावाससँग सहजीकरण र घरफिर्तिमा समेत सहजीकरण गर्दै अाएका रावतले कुवेतका अस्पतालमा रहेका श्रमिकहरूको उद्दार तथा कानुनी जटिलतामा रहेका श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूलाइ उद्दार गर्नमा कुवेत ट्रेड युनियन महासंघसँग सहकार्य गरेर उद्दारका कार्यहरू गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...