Wednesday 15th May 2024

हास्य कलाकार गोपाल नेपाल(फिस्टे) पनि गायन श्रेत्रमा प्रवेश


माधब पौडेल / तितोपाटी डटकम – हास्य कलाकार गोपाल नेपाल(फिस्टे) पनि गायन क्षेत्रमा प्रवेश गरेका छन् । अमेरिकामा अायोजना हुने कार्यक्रमहरुमा अाफ्नो कला प्रस्तुत गरेर हसाउने नेपालले अमेरिकाको बसाइँमा अमेरिका अमेरिका नभई “अामरिका खा ” भन्ने ब्यङगे गितमा अाफ्नो स्वर दिदै गायन श्रेत्रमा पनि कदम चालेका छन् भने ” तिमी मलाई माया गर्छौ गर्दिनौ “नियम कडा छ ” बोलको गितहरु पनि छिट्टै बजारमा अाउने जानकारी तितोपाटी डट कम लार्इ दिएका छन् ।

नेपाल टेलिभिजनमा प्रसारण हुने ट्वाक्ट टुक्क बाट बाल हास्यकलाकार(फिस्टे)को रुपमा कला क्षेत्रमा प्रवेश गरेका गोपाल नेपालले नेपाल टेलिभिजन बाट प्रशारण हुने हास्य कार्यक्रमहरु काउकुती ,तितोसत्यमा (नेता) र जिरे खुर्सानीमा( नियम कडा छ ट्राफिक हवल्दार )को भुमिका मा अाफ्नो उत्कृष्ट कला प्रस्तुत गर्दै लाखौं नेपाली दर्शकहरुको मन जित्न सफल रहेका थिए । बिभिन्न नेपाली चलचित्रहरु र असंख्य म्युजिक भिडियोहरुमा राम्रो अभिनय प्रस्तुत गर्न माहिर नेपाल नृत्य पनि असाध्यै राम्रो गर्छन् ।

सिन्धुपाल्चोक जिल्ला हाल बलेफी गाउँपालिका स्थायी घर भएका नेपालले बाल्यकाल र योवन अबस्था राजधानीमा नै बिताएका थिए । पाँच बर्ष अगाडि अमेरिका पुगेका नेपालले छ‍ोटो समयमा नै ग्रनकार्ड लिन सफल भए । अाफ्नी श्रीमती र दुई छोरा सहित अमेरिकाको केन्टाकीमा बस्दै अाएका नेपाल अन्तर्राष्ट्रिय कलाकार समाज केन्टाकीका अध्यक्ष पनि हुन् ।


सम्बन्धित शीर्षकहरु

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

प्रतिकृयाहरू
...