Saturday 6th December 2025

दुर्इ वर्षे बालकले दिनमा ४० खिल्ली चुरोट पिउने !


तितोपाटी – संसार विचित्र छ, पत्याउनुहोस वा नपत्याउनुहोस संसारमा हर बखत नयाँ नयाँ अाश्चर्ययुक्त गतिविधि भएको सार्वजनिक हुने गर्छन । हालै एउटा यस्तै घटना इन्डोनिसियामा सार्वजनिक भएको छ । जम्मा २ वर्षे बालक रापी पामुङ्गकासले एक दिनमै ४० खिल्ली चुरोट पिउँछन् ।

धेरैलाई चुरोट पिउने बानी सानै उमेरदेखि लाग्छ तर रापी पामुङ्गकासको उमेरमा भने सायदै कसैलाई बानी परेको होला । इन्डोनेशियाका दुई वर्षे बालकलाई बजारमा आमाले थापेको पसल वरिपरि फ्याँकिएका ठुटा तानेर चुरोट पिउने बानी लाग्यो । अब उनलाई दिनमा ४० वटा चुरोट नभई हुँदैन ।

उनले चुरोट पिउन थाले लगत्तै रापी सुकाबुमी इलाकामा निकै चर्चित भए । उनलाई मानिसहरुले चुरोट दिन्छन्, उनको लागि सल्काइदिन्छन् र खाएको देखेर हाँस्छन् ।

रापीलाई विगत दुई महिनादेखि चुरोट नखाइ नहुने भएको छ । उनी आजकाल चुरोटसँगै कफी र केक पनि खान्छन् । उनकी आमा मार्यातीले छोरालाई दिनमा दुई बट्टा चुरोट दिने गरेको स्विकार्छिन् । उनका अनुसार चुरोट नदिए छोराको व्यवहार सम्हाल्नै नसक्ने हुन्छ ।

‘छोराले विगत दुई महिनादेखि लगातार चुरोट पिइरहेको छ । यदि मैले उनलाई चुरोट दिइनँ भने ऊ सुत्न सक्दैन । ऊ रुने र चिच्याउने गर्छ,’ मार्यातीले पत्रकारलाई भनिन् ।

अत्यधिक नकारात्मक प्रतिक्रिया पाइरहेका रापीका आमाबुवाले आफ्नो छोराको यस्तो बानी हटाउन अस्पताल पुर्याउने सोच बनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

डोनेट्स्क ओब्लास्टको पोक्रोभ्स्क फ्रन्ट अहिले युक्रेन–रूस युद्धको सबैभन्दा तनावपूर्ण र निर्णायक क्षेत्र之一को रूपमा उभरिरहेको छ। पछिल्ला केही हप्तामा रूसी सेनाले…

भारतको नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय डीजीसीए (DGCA) ले इन्डिगो एयरलाइन्ससँग उत्पन्न विवाद र यात्रु सेवासँग सम्बन्धित समस्याहरू समाधान…

सुडानका सेना प्रमुख अब्देल फताह अल-बुरहानले बिहीबार अल अरेबियालाई बताएअनुसार अर्धसैनिक समूहले हतियार नराखेसम्म र्‍यापिड सपोर्ट फोर्सेस (RSF) सँग कुनै…

प्रतिकृयाहरू
...