Tuesday 15th September 2026

नाकको प्वालबाट हावा फुकेर अढाइ मिनेटमा १२ वटा ट्युब भरी विश्व रेकर्ड कायम !


तितोपाटी – टायरमा मुखबाट हावा भर्नका लागि हाम्रो शरिरमा अर्को दुईवटा फोक्सोको आवश्यक पर्ला तर एक चीनियाँ नागरिकले एकैपटक १२ वटा ट्युबमा हावा भरेका छन्, त्यो पनि नाकको एउटा प्वालले । यी व्यक्तिको अचम्मको कलाले उनलाई विश्व रेकर्डको उपाधि दिलाएको छ ।

चीनको नान्जियाङ ग्रान्ड क्यान्योनमा आयोजित एक कार्यक्रममा ४३ वर्षे ताङ्ग फेहुले दुई मिनेट ३० सेकेन्डभित्र एकैपटक १२ वटा टायरमा हावा भरेका छन् ।

यसअघि दुई मिनेट ३० सेकेन्डमा ६ वटा टायरमा हावा भरेर रेकर्ड राखिएको थियो । गत वर्ष अर्का एक चीनियाँ व्यक्तिले २० मिनेटभित्र एकैपटक चारवटा टायरमा हावा भरेर समाचारको हेडलाइन बनेका थिए ।

ताङ्गले नान्जियाङ ग्रान्ड क्यान्योन सिनिक स्पोटमा आउने पर्यटकसामू विभिन्न स्टन्ट देखाएर पैसा कमाउने गर्छन् । उनले टायर ट्युब ट्रिक अनलाइनमा भिडियो हेरेपछि प्रयास गरेको बताए । निकै अघिदेखि मार्सल आर्टस् गरिरहेकाले आफ्नो सास फेर्ने कलाले यसमा केही सघाउ पुर्याउने आशा राखेको जुन सही निर्णय भएको उनले बताए ।

जुलाई ५ तारिखमा फेइहुले लण्डनस्थित वर्ल्ड रेकर्ड सर्टिफिकेशन एजेन्सीलाई आफ्ना बारे जानकारी दिएको र त्यसको एक महिनापछि अगस्ट १२ तारिखमा एजेन्सीका अधिकारीसामू आफ्नो प्रस्तुती दिएपछि उनलाई विश्व रेकर्डको सर्टिफिकेट प्रदान गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमध्ये २६९ पुरुष,…

पाकिस्तानमा उच्च प्राथमिकतामा खोजी गरिएका कुख्यात आतंकवादीहरूको सूचीमा जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको नाम समावेश भएको विषय अहिले फेरि चर्चामा आएको…

भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक सरकारी अध्ययनले देखाएको छ। बाढी प्रभावित…

प्रतिकृयाहरू
...