Thursday 23rd July 2026

कुवेतमा तिज बिशेष कार्यक्रम सम्पन्न


कुवेत – नेपाली नारीहरूको महान चाड हरीतालिका तिजको अबसरमा नेपाल कुवेत साँस्कृतिक मञ्चद्वरा आयोजित २२औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका अथिती कलाकार चर्चित गायिका कर्णप्रीय स्वरकी धनी उद्घोषिका “मञ्जु पौडेल” को साथमा नेपाल कुवैत साँस्कृतिक मन्च कुवेतका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिको साथ तिज बिशेष कार्यक्रम भब्य रुपमा सम्पन्न।

तीज विशेष कार्यक्रम १ बजेबाट भने पनि ३ बजेपछि मात्र शुरु भएको थियो। हामी नेपाली कहिले सुध्रिने त? अझै पनि हामीले समय के हो भनेर चिन्न सकेका छैनौं।
कुबेत जिलिबस्थित Aspire indian international School को हलमा आयोजना गरिएको सास्कृतिक कार्यक्रममा नेपाली चेलीहरूको उल्लेख्य रूपमा उपस्थिति रहेको थियो।प्रबासमा रहेका दिदिबहिनीहरुलाई माईतिको न्यास्रो नहोस र प्रबासमा भए पनि आफ्नो संस्कृति,रीति रिवाज र परम्परालाई जगेर्ना गर्नलाई आयोजना गरिएको तिज बिशेष कार्यक्रमका मन्चका अध्यक्ष गोबिन्द बरालको सभापतित्वमा गरिएको कार्यक्रममा नेपाली दूतावास कुवेतको प्रमुख अतिथि कार्यवहाक राजदूत सुजनी राना बिशेष अतिथिमा एनआरएन एनसीसीका अध्यक्ष रणध्वज लामा,नेपाली दूतावास कुवेतको तृतिय सचिव रेवन्त केसी,श्रम सहचारी हेम कुमार अधिकारी,बीईसी एक्सचेञ्ज कुवेतका डम्बर गुरुङ, सुजन केसी,नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष नबराज पन्थी,कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारीहरू पत्रकारहरु को आतिथ्यता रहेका थियाे।

“हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबै भन्दा पुरानो संस्था नेपाल कुवैत सांस्कृतिक मञ्चको २२ औ सांस्कृतिक कार्यक्रमलाई प्रमुख अतिथी बिशेष अतिथीलले सामुहिक रुपमा पानसमा दिप प्रज्वलन गरिएको उक्त कार्यक्रमलाई प्रसाद तिमिसना र जीवन सुनारले संयुक्तरुपमा सञ्चालन गरेको थिए। भने मन्चको बरिष्ट संरक्षक टिकाराम आचार्यले स्वागत मन्तब्य मार्फत उपस्थित सम्पुर्णलाई स्वागत गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए।

तिज बिशेष कार्यक्रम लाई अतिनै भब्य सब्य बनाउन को लागि नेपाल कुवेत साँस्कृतिक मञ्चका कलाकार युगल गीत तथा सामुहिक नृत्य गरी उपस्थित सम्पूर्ण दर्शकहरु लाई झनै मनोरन्जन दिलएको थियो।मरुभुमिको देशभए पनि नेपालको झल्को मेटिने गरी नेपाली चेलीहरु राता सारी, छड्के तिलहरी,गहनापातले ढपक्कै ढाकिएका, सिंगारिएका दिदी बहिनी हरु एकदममै खुशी हुँदै कम्मर मर्काई मर्काई,तिजका विभिन्न भाकाहरुमा निर्त्य गरेका थिए।

बहुचर्चित गायिका कर्णप्रीय स्वरकी धनी उद्घोषिका “मञ्जु पौडेल” नेपाली सांगीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त बहुचर्चित लोक दोहोरी गायिका “मञ्जु पौडेल” स्रोताहरुको सर्बाधिक रोजाइमा पर्ने लोकप्रिय गायिका ले आफ्नो नयाँ पुरा गीतहरु गाएर दिदी बहिनीहरु लाई छमछमी नचाइनकी थिएन।
मन्चले विशेष योगदान गरेका ब्यक्तित्वहरु नेपालबाट पल्नु भएका अतिथी कलाकार लाई दोसल्ला ओढाएर मायाको चिनो सरुप सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो। कार्यक्रमका अन्त्यमा सभापति गोबिन्द बरालले कार्यक्रममा उपस्थिती जनाई सफलताका साथ सम्पन्न पार्न प्रत्यक्ष अप्रतक्षरुपमा आर्थिक, भौतिक, नैतीक सहयोग गर्नुहुने सम्पूर्ण नेपाली सँघ-संस्था,समाजसेवी, कलाकार, पत्रकार एवं उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै, कार्यक्रम समापनको घोषणा गरेका थिए।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

प्रतिकृयाहरू
...