Tuesday 26th November 2024

आधा देश रोजगारी खोज्दै विदेश पलायन-खाडीमा अलपत्र श्रमिकहरुको पीडा


बसन्त थापा,कुवेत

तीतोपाटी- कहिलेकाहीँ दुई द्वन्द्वात्मक परिस्थितिहरू सामुन्ने आउँदा शंका उत्पन्न गर्नुका साथै हामीलाई धेरै हदसम्म असहज बनाउने गर्दछ।

यी अवस्थालाई हेर्दा मनमा एउटा सामान्य प्रश्न उठ्छ कि यदि हामी विश्वकै सबैभन्दा चम्किलो अर्थतन्त्र बनाउने तयारीमा छौ भने हाम्रा युवालाई रोजगारीका लागि अन्य देशमा पलायन गर्नुपर्ने आवश्यकता के हो ? दोस्रो प्रश्न यो हो कि यदि वास्तवमा हामी भूमण्डलीय प्रणाली र विश्वव्यापीकरणको हिस्सा हौ भने अन्य देशका नागरिकलाई विभिन्न देशमा किन अमानवीय व्यवहार गरिन्छ ? के विद्यमान शक्तिहरूले निर्माण गरिरहेको नयाँ संसारको ढाँचाहरू औपनिवेशिक संसारको ढाँचाहरू भन्दा साँच्चै फरक छन् वा तिनीहरू धेरै समान छन?

बिगत र वर्तमानलाई हेर्ने हो भने अहिले पनी अरबमा हजारौ बढी आप्रवासी नेपाली कामदारहरु लाखौ पीडा सहेर काम गरीरहेको अवस्था छ। यस्ता कुराको जानकारी सरकारलाई भएतापनी यस विषयमा कुनै किसीमको सक्रियता देखिएन। अरबमा फसेका तमाम नेपाली नागरिकको उद्धारमा कुनै पनि किसीमको सकारात्मक कार्य हुने सम्भावना देखीदैन परराष्ट्र मन्त्रालयको यो ढिलासुस्तीले गर्दा प्रश्न उठ्छ कि यहाँका नेपाली कामदारका लागि यस्तो भयावह अवस्था कसरी आयो ?
अरबमा रहेका दूतावासको सेल्टरमा गएर हेर्ने हो भने अहिले पनी हजारौ युवाहरु नेपाल फ़र्कीने प्रतीक्षामा छन। ती युवाहरूलाई सरकारले छिटो भन्दा छिटो सकुशल नेपाल फर्काउनु पर्छ ।

अहिले खाड़ीमा जुन किसिमको अवस्था सिर्जना भइरहेको छ, त्यसको सही मूल्याङ्कन नगरिएको हुनाले यहाँ बस्ने नेपालीहरुलाई समयमै सचेत गराउन नसकिएकाले फलस्वरूप उनीहरू खाड़ीस्थित गैरजिम्मेवारी कम्पनीको जालमा फसे र अहिले प्रायोजक, एजेन्ट र कम्पनीको बन्धक बनेर हजारौ युवाहरु खाडीमा भोकै मर्न बाध्य छन। अझ भन्ने हो भने वास्तवमा, काफाला प्रणालीले खाडीमा कार्यरत आप्रवासी कामदारहरूको लागि सबैभन्दा ठूलो समस्या सिर्जना गरेको देख्न सकीन्छ।अधिकांश मजदुरहरुलाई एक व्यक्ति द्वारा प्रायोजित गर्ने प्रावधान छ। यस्तो अवस्थामा प्रवासी मजदुरको राहदानी, तलबसमेत त्यही प्रायोजक (कफिल) मा जम्मा हुन्छ। फलस्वरूप, श्रमिकले प्रायोजक व्यक्तिलाई छोड्न सक्दैन। यसैको फाइदा उठाउँदै कफिलले मजदुरलाई आफ्नो ईच्छाअनुरूप कुनै पनी कार्य गर्न दिँदैनन र कष्टकर जीवन जिउन बाध्य हुन्छन । यस प्रणाली अन्तर्गत नेपाली मजदुरहरू निर्माण, आपूर्ति श्रृंखला, सिकर्मी, चित्रकार, कुक, धुने, खेत मजदुर वा केही प्राविधिक काममा संलग्न छन। यसरी काम गर्ने मजदुरको अवस्था अहिले पनी नाजुक छ, बाँकी जो ठूला कम्पनीमा सफ्टवेयर, हार्डवेयर, सिभिल र मेकानिकल इन्जिनियर जस्ता पदमा काम गरिरहेका छन्, उनीहरुको अवस्था केही राम्रो छ ।

सरकारी तथ्यांकअनुसार, कुवेत,बहराइन,कतार, युएई र ओमान जस्ता खाडी देशहरूमा करिब १० लाख भन्दा बढी नेपालीहरुले काम गर्छन्। वास्तवमा यी अवस्थाहरुको सृजना हुनुका मुख्य कारण नेपालका म्यानपावर एजेण्टनै हुन।अहिले पनी कैयन नेपाली कामदारहरुले लामो समयदेखी तलब नपाएको खबर छ । तलब र भिसा लगायतका कागजातहरू रोजगारदाता वा कफिलसँग जम्मा नहुँदा यी नेपाली सयौ नागरिकहरू स्वदेश फर्कन समेत सकेका छैनन् ।

खाड़ीका देशहरुमध्यको दोस्रो ठुलो अर्थतन्त्र बोकेको देश कुवेतमा पनी कार्यरत नेपालीहरुको पीढ़ा सुनीनसक्नु छ। यहाँ दूतावास त छ तर बिडम्बना श्रमिकको समस्या समाधान गर्न भने असफलनै साबित भएको देखीन्छ। हुनत देशको सरकारनै लाचार भएपछी त्यही लाचार सरकारद्वारा परिचालित दूतावासले पनी के नै गरोस र? सरकार जस्तै कर्मचारी त हुनै पर्यो नी। यहाँ पनी त्यस्तै छ दूतावासले आफ्नो भूमिकामा इमान्दारीता दिन नसक्दा आज पनी सयौ श्रमिकहरु कठोर जिन्दगी बिताई रहेका छन। यस विषयमा सम्बन्धित निकायको पनी विशेष ध्यान जाओस। नेपाल सरकारले हस्तक्षेप गरेर हजारौ कामदारहरुको वर्तमान समस्या समाधान गर्न सक्छ, तर आफ्नो देशमा पर्याप्त रोजगारीको अवसर नहुँदासम्म गरिबी र गरिबीमा बाँचिरहेका मानिसहरू कुवेत र खाडी राष्ट्रहरूतिर तानिनेछन र यहाँ अरबमा खतराको बादल मडारी रहने छ।घर परिवार आफ्ना आफन्तहरू सही सलामत घर फर्कीने आसमा प्रतीक्षा गरीरहने छन।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी १३ डिसेम्बर २०२४ शुक्रबारका दिन रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ‘रक्तदान जीवनदान’…

सुरक्षा अधिकारीहरूले हालै गरेको मूल्याङ्कनअनुसार १०१ बन्धकहरूमध्ये केही विदेशी कामदारहरू समेत ५० जना अझै जीवित रहेको विश्वास गरिएको छ। एक…

पश्चिमी उत्तर प्रदेशको सम्भल जिल्लामा आइतबार बिहान शाही जामा मस्जिदको सर्वेक्षणका क्रममा भएको हिंसामा तीन जनाको मृत्यु भएको छ ।…

प्रतिकृयाहरू
...