Saturday 10th January 2026

जनवरी ५मा तमू प्ये ल्हु संघ कुवेतले तमू ल्होसार मनाउने


 

कुबेत – तमू समुदायको मौलिक भेषभुषा, भाषा, धर्म, कला, संस्कार, संस्कृति र पराम्परालाई निरन्तरता गर्ने मुख्य उदेश्यका साथ प्रवास कुबेतमा स्थापित तमु प्ये ल्हु संघ शाखा कुवेतले प्रत्येक बर्ष झैं यस बर्ष पनि तमु समुदायको मौलिक महान पर्व तमु फो- ल्हो (बिरालाे वर्ग) लाई बिदाइ गर्दै आगमन (गिद्ध वर्ग) लाई स्वागत गर्दै तमु ल्होसार आगामी २०२४ जनवरी ५ तारिख शुक्रबार दिन कुबेतमा भव्य रुपमा मनाउने भएको छ। स्थानीय कलाकारद्वारा विविध सांस्कृतिक कार्यक्रम समेत रहेको छ।भने हल भने तय भएकाे छैन। तमू प्ये ल्हु संघ शाखा कुवेतले हरेक वर्ष तमू
उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।
आयोजक : तमु प्ये ल्हु संघ शाखा कुवेत
मिति : ५ जनवरी २०२४ शुक्रबार
स्थान : हल तय नभएकाे
समय : ठिक बिहान १२ बजे


सम्बन्धित शीर्षकहरु

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

प्रतिकृयाहरू
...