Thursday 1st October 2026

सर्लाहीमा बाढीले बगाउँदा दुई जनाको मृत्यु


किसन साह, श्रावण २३ गते (मंगलबार) – सर्लाहीमा फरक फरक नदिमा आएको बाढीले बगाउँदा दुई जना बृद्धाको मृत्यु भएको छ ।
अबिरल वर्षाका कारण बागमती नदीमा आएको बाढीले बगाउँदा एक वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका-२ समनपुरका ६६ वर्षीय सहिद राय भाट रहेको इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीले जनाएको छ।

सर्लाही जिल्लाको बरहथवा नगरपालिका अन्तर्गत पर्ने खेतमा काम गर्न आएको र कामकाज सकिएर घर फर्किने क्रममा उनलाई नदीले बगाएको थियो।

भाटलाई बगाउँदै गर्दा स्थानीयवासीले उद्धार गरेका थिए । उद्धार पश्चात् बेहोस अबस्थामा रहेका भाटलाइ उपचारको लागि समनपुर स्थित एक स्वास्थ्य केन्द्रमा उपचार गर्न स्थानीयले लगेका थिए ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि रौतहटको चन्द्रपुर पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका छन ।

त्यस्तै सर्लाही-महोत्तरीको सीमा भएर बग्ने बाँके खोलामा आएको बाढीले बगाउँदा हरिपुर्वा नगरपालिका–७ बसन्तपुरका ६० वर्षीय भोला चौधरीको मृत्यु भएको छ । सोमबार राति नै घर परिवारबाट सम्पर्कविहीन भएका चौधरीको शव मंगलबार खोलामा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

साथै धनकौल गाउँपालिका-४ महिनाथपुरमा सय जना मानिस बाढीमा फसेका छन्। घाँस काट्न गएका स्थानीयहरू दुई नदीको बीचमा फसेका छन्। उनीहरूको उद्धारका लागि सुरक्षा निकाय घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका छन्।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...