Tuesday 19th August 2025

प्रधानमन्त्रीको वदनाम गर्दै ठगी गर्ने २ जना पक्राउ


प्रधानमन्त्रीको वदनाम गर्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । उनीहरूले प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने गरेका थिए। पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका-८ का ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाल खनाल रहेका छन्।

दुवै जनाले प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ तथा अन्य प्रमुख नेताहरूसँग चिनजान रहेको भनी विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने विश्वास दिलाएर ठगी गर्ने गरेका थिए।

विभिन्न कागजातहरूमा सही छाप गराई ४५ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको तथा ना ४ च ८६७० नम्बर को स्कारपियो जीपसमेत लिई गई फरार रहेकोमा उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

उनीहरूबिरुद्ध इलाका प्रहरी कार्यालय दमक झापामा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई जिल्ला अदालत झापाबाट पक्राउ पुर्जीसमेत जारी भएको थियो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान एंव कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमक पठाइएको छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पाको तानसेनमा श्री ७ रणउजिरेश्वरी भगवतीको २०६औँ खट् यात्रा निकालिएको छ। श्रीकृष्णाअष्टमीको रातमा जाग्रामसंगै भोलिपल्ट भगवती जात्रा भब्य रुपमा…

तितोपाटी -उपप्रधान एबम अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले रास्वपा भनेको खहरेको भेल जस्तै हो भनि टिप्पणी गरेका छन। पाल्पाको तानसेनमा नेपाल…

पाकिस्तानको उत्तरी क्षेत्रमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या तीन सय ३२ पुगेको छ। शुक्रबार खैबर…

प्रतिकृयाहरू
...