Thursday 15th January 2026

सुर्खेतमा १४ वर्षीया छोरीलार्इ बलात्कार गरेको अारोपमा बाबु पक्राउ


तितोपाटी – छोरी बलात्कार गर्ने बुवालाई प्रहरीले पक्राउ गरेको छ। १४ वर्षीया छोरी बलात्कार आरोपमा ३४ वर्षीय जंगबहादुर सुनारलाई प्रहरीले सोमबार वीरेन्द्रनगरबाट पक्राउ गरेको हो।

तीन–चार महिनादेखि स्कूलमा आएर पढ्न मन नगर्ने, रुने, डराउने गर्न थालेपछि सोधपुछ गर्दै जाँदा बालिकाले आफूमाथि बलात्कार हुने गरेको बताएकी थिइन्।

प्रहरीका अनुसार सुनार बालिकाका झड्केलो बाबु हुन्। बैशाखदेखि आफूमाथि नियमित बलात्कार हुने गरेको बालिकाले बताएकी छन्। सुनारले कसैलाई भने ज्यानमार्ने धम्की दिने गरेका थिए। प्रहरीले सोमबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान थालिएको बताएको छ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...