Tuesday 15th September 2026

एसिसी यू १६ इस्ट जोन कपमा नेपालको ह्याट्रिक


नेपाल एसिसी यू १६ इस्ट जोन कपको च्याम्पियन बनेको छ। मलेसियालाई ३१ रनमा अल आउट गर्दै नेपाल च्याम्पियन बनेको हो। यो जितसगै नेपालले एसिसी यू १६ इस्ट जोन कपमा ह्याट्रिक समेत गरेको छ। नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो।

जितको लागि २ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमा अल आउट भयो।

नेपालका लागि अभिषेक तिवारीले ५ तथा सन्तोष यादवले ३ विकेट लिए। ६ ओभर बलिङ् गरेका तिवारीले १ मेडन राखेर जम्मा ७ रन मात्र दिए ।

यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि नरेन भट्टले शतकीय पारी खेले। उनले ८९ बल खेल्दै दुई छक्का र १० चौकाको मद्दतमा अविजित एक सय १२ रन बनाए । यस्तै नीरज यादवले ४७, सुर्यांशु कोइरालाले १८, सन्तोष यादवले २६ र अशोक धामीले ११ रन बनाए।

बलिङतर्फ मलेसियाका मोहम्मद अक्रमले तीन तथा आरिन एक्विल र मुहम्मद फदुल मुइनले एक÷एक विकेट लिए। सोमबार नेपालले सिङ्गापुरलाई तथा मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए। प्रतियोगितामा नेपालसँगै मलेसिया, सिङ्गापुर, हङकङ, मालदिभ्स, इन्डोनेसिया र थाइलैण्ड सहभागी थिए।


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले मिसाइल र ड्रोनमार्फत गरेको आक्रमणमा साउदी अरबको दक्षिणी क्षेत्रमा १३ जना सर्वसाधारण घाइते भएका छन्। आक्रमण Khamis…

कुवेतका बैंकहरूले विदेशी कामदारलाई ऋण दिने नियम कडा बनाएका छन्। रोजगारी गुम्न सक्ने जोखिम र कुवेतीकरण नीतिका कारण बैंकहरू अहिले…

कुवेतमा कृयाशिल संस्था नेपाल कुवेत सरोकार समाजको पहलमा भोटेकोशी बाढी पीडितलाई सहयोग गर्ने उद्देश्यले “NKSS Concert 2026” आयोजना हुने भएको…

प्रतिकृयाहरू
...