Thursday 7th August 2025

एसिसी यू १६ इस्ट जोन कपमा नेपालको ह्याट्रिक


नेपाल एसिसी यू १६ इस्ट जोन कपको च्याम्पियन बनेको छ। मलेसियालाई ३१ रनमा अल आउट गर्दै नेपाल च्याम्पियन बनेको हो। यो जितसगै नेपालले एसिसी यू १६ इस्ट जोन कपमा ह्याट्रिक समेत गरेको छ। नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो।

जितको लागि २ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमा अल आउट भयो।

नेपालका लागि अभिषेक तिवारीले ५ तथा सन्तोष यादवले ३ विकेट लिए। ६ ओभर बलिङ् गरेका तिवारीले १ मेडन राखेर जम्मा ७ रन मात्र दिए ।

यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि नरेन भट्टले शतकीय पारी खेले। उनले ८९ बल खेल्दै दुई छक्का र १० चौकाको मद्दतमा अविजित एक सय १२ रन बनाए । यस्तै नीरज यादवले ४७, सुर्यांशु कोइरालाले १८, सन्तोष यादवले २६ र अशोक धामीले ११ रन बनाए।

बलिङतर्फ मलेसियाका मोहम्मद अक्रमले तीन तथा आरिन एक्विल र मुहम्मद फदुल मुइनले एक÷एक विकेट लिए। सोमबार नेपालले सिङ्गापुरलाई तथा मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए। प्रतियोगितामा नेपालसँगै मलेसिया, सिङ्गापुर, हङकङ, मालदिभ्स, इन्डोनेसिया र थाइलैण्ड सहभागी थिए।


सम्बन्धित शीर्षकहरु

उत्तरी भारतको उत्तराखण्ड राज्यको पहाडी गाउँमा मंगलबार बाढीको पानीको बाढीले कम्तिमा चार जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता…

लन्डन: बेलायतले मंगलबार सम्झौता अनुमोदन भएपछि केही दिनभित्रै साना डुङ्गाहरूमा फ्रान्स आइपुगेका केही आप्रवासीहरूलाई फिर्ता पठाउने सम्झौता कार्यान्वयन गर्न सुरु…

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान…

प्रतिकृयाहरू
...