Saturday 21st March 2026

ग्रीसमा डुंगा पल्टिंदा ७९ जना आप्रवासीको मृत्यु


ग्रीसको तटीय क्षेत्रमा सयौँ आप्रवासी बोकेको डुङ्गा पल्टिँदा ७९ जनाको मृत्यु भएको छ । दुर्घटना पछि ग्रीस कोस्ट गार्डले उद्धार अभियान चलाएका कारण १०४ जना आप्रवासीलाई सुरक्षित रूपमा बचाउन सफल भएको छ भने मर्नेहरू र उद्दार गरिएकाहरूको राष्ट्रियता खुलाइएको छैन । डुबेर हराइरहेकाहरूको खोजीकार्य जारी छ ।

यो ग्रीसमा भएको अहिलेसम्मकै सबैभन्दा ठुलो आप्रवासी त्रासदीमध्ये एक रहेको सरकारले बताएको छ भने तीन दिनको शोकको घोषणा गरेको छ।
मिडिया रिपोर्टका अनुसार घटना बुधबार बिहान भएको हो। उद्धार गरिएकालाई कालामाता सहर लगिएको छ । कालामाटाका मेयरले उद्धार गरिएका सबै १६ देखि ४१ वर्षका रहेको बताए । डुङ्गामा महिला र बालबालिका पनि सवार रहेको उनले बताए । डुंगा लिबियाबाट इटली जाँदै गरेको हुन सक्ने बताइएको छ ।

राति अन्धकारका कारण खोजी तथा उद्धार कार्य स्थगित गर्नुपरेको तटरक्षकले जनाएको छ । डुबेकाहरुको खोजी कार्य बिहीबारबाट पुनः सुरु गरिने छ । सञ्चारमाध्यमका अनुसार दुर्घटना हुँदा डुङ्गामा कति जना सवार थिए भन्ने खुलाइएको छैन । बाँचेकाहरूका अनुसार डुङ्गामा ७५० यात्रु सवार हुन सक्ने बताएका छन् । ग्रिसका अधिकारीहरूले मृतकको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना व्यक्त गरेका छन् ।

प्रत्येक वर्ष, सयौं मानिसहरू भूमध्यसागर पार गर्ने प्रयासमा मर्छन्। फेब्रुअरीमा, दक्षिणी इटालीको क्यालाब्रिया क्षेत्रको कट्रो नजिक आप्रवासीहरू बोकेको डुङ्गा पल्टिँदा कम्तिमा ९४ जनाको मृत्यु भएको थियो । ग्रीस मध्य पूर्व, एशिया र अफ्रिकाबाट शरणार्थी र आप्रवासीहरूको लागि युरोपेली संघमा जाने मुख्य मार्गहरू मध्ये एक हो।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...