Sunday 28th December 2025

पाकिस्तानमा भारी वर्षाका कारण दर्जनौंको मृत्यु


शनिबार पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको बन्नु, लक्की मारवाट र कारक जिल्लाहरूमा असिना र भारी वर्षा हुदा कम्तिमा २५ जनाको मृत्यु भएको खबर छ ।

ती क्षेत्रहरुमा असिना सहितको भारी बर्षाले कयौ घरहरु भत्काई दिएको थियो यसरी नै रुख ढलेर विद्युतीय प्रसारण टावर हरु दल्दा थप १ सय ४५ जना घाइते भएका छन् । अधिकारीहरूले घाइतेहरूलाई आपतकालीन राहत उपलब्ध गराउन काम गरिरहेका बताईएको छ । गत महिना, पनि गर्मीमा असामान्य प्रकारको हिमपातको कारण पाकिस्तानमा हिमपहिरो जादा महिला र बालबालिका सहित करिब एक दर्जन व्यक्तिको मृत्यु भएको थियो।

पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले शनिबार आँधीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यलाई तीव्रता दिन अधिकारीहरूलाई निर्देशन दिएका छन्। यसैबीच, अरब सागरबाट चक्रवात बिपरजोय नजिक आइपुगेपछि सरिफले अधिकारीहरूलाई आपतकालीन उपायहरू तयारी गर्न आदेश दिएका छन ।

गत वर्ष पाकिस्तानमा भारी वर्षाका कारण इतिहासकै सबैभन्दा ठूलो बाढी आएको थियो । तिनीहरूले ६४७ बालबालिका सहित कम्तिमा १,७३९ व्यक्तिको मृत्यु भएको थियो र ३३ मिलियन मानिसहरूलाई प्रभावित भएका थिए ।

नेपालमा भने आज भोली चरम गर्मी छ । तराईका कतिपय जिल्लाको तापक्रम ४५ को आशपास हुदा विश्वकै सवै भन्दा धेरै गर्मि हुने कुवेत जस्तो देशको तापक्रम ४८ डिग्री मात्र छ । खाडी राष्ट्रहरुमा अझै एक महिना तापक्रम बढ्दै जान्छ तर नेपालमा बर्षाद संगै चरम गर्मीबाट मुक्ति मिल्ने गर्दछ । नेपालमा मनसुनी बायु प्रवेश गर्ने समय भईसक्दा पनि त्यसो हुन नसकेपछि गर्मी उग्र बढेको बुझाई पनि छ । तर त्यो भन्दा पनि धेरै चिन्ता भने जलबायु परिर्वतनको नै हो ।


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...