Tuesday 23rd September 2025

भारतमा डरलाग्दो रेल दुर्घटना सयौ को मृत्य भएको आशंका


पूर्वी भारत स्थित ओडिशा राज्यमा शुक्रबार भएको रेल दुर्घटनामा कम्तीमा ५० जनाको मृत्यु भएको र सयौं घाइते भएको आशंका गरिएको छ।

प्रत्यक्षदर्शी र अधिकारीहरूले स्थानीय मिडियालाई भने कि राज्यको राजधानी भुवनेश्वरबाट करिब २०० किलोमिटर टाढा बालासोर नजिकै कोरोमण्डल एक्सप्रेस यात्रुवाहक रेल र एउटा मालगाडी ठोक्किएको थियो।

ओडिशाका मुख्य सचिव प्रदीप जेनाका अनुसार घटनामा दोस्रो यात्रु ट्रेन पनि त्यहाँ जुद्धन पुगेको थियो, तर घटनाको पूर्ण विवरण अझै आईसकेको छैन ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाबाट आफू दुखी भएको बताउँदै घटनास्थलमा उद्धार कार्य जारी रहेको बताएका छन । मृतकको संख्या अझै निक्कै हुन सक्ने आशंका गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...