Thursday 15th January 2026

जुम्ल्याहा शिशु हत्या गरेर फरार महिला पक्राउ


तितोपाटी – जुम्ल्याहा शिशुलाई शौचालयको खाडलमा हालेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। ताप्लेजुङको पाथिभरा याङबरक-२ की कमला बिक सुनसरीको इटहरीबाट पक्राउ परेकी हुन्।

इटहरीबाट धरान जाँदै गर्दा इलाका प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको हो। डीएसपी शिवकुमार श्रेष्ठका अनुसार पक्राउ परेकी उनलाई अड्डासार गरेर ताप्लेजुङ पठाइएको छ।

जुम्ल्याहाा छोरीलाई शौचालयको खाडलमा हालेर फरार भएपछि एक छोरीको शौचालयमै र अर्कीको उपचारका क्रममा मृत्यु भएको थियो।

कमला एवर्षदेखि छोरीसँगै माइत बस्दै आएकी थिइन्। स्थानीयले शौचालयबाट उद्धार गरेकी एक छोरीको बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको थियो। अर्को शव भने स्थानीयले शौचालयमै भेट्टाएका थिए।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...