Wednesday 2nd September 2026

नयाँ मुलुकी एेनको विरोधमा सिंहदरवार अगाडि नांगै प्रदर्शन


तितोपाटी – नयाँ मुलुकी ऐनको विरोधमा एक युवाले सिंहदरवार अगाडि नग्न भएर प्रदर्शन गरेका छन् ।

नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन् । उनको ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छापेका थिए ।

उनलाई प्रहरीले पक्राउ गरेर लगेको छ । पक्राउ पर्नेमा जितिन लिम्बु छन् ।

सार्वजनिक स्थानमा अश्लिलता प्रदर्शन गरेकाले उनलार्इ पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डिएसपी काजीकुमार अाचार्यले बताए ।

हाल लिम्बुलार्इ वृत्तको हिरासतमा राखिएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा नेपालीका लागि एकदिने स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले Metro Medical Group को…

इजरायली सेनाले अधिकृत पश्चिम किनाराका विभिन्न क्षेत्रमा प्यालेस्टिनीहरूको घर भत्काउने अभियान जारी राखेको छ। रामल्लाह र नाब्लुस क्षेत्रमा केही घरहरू…

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

प्रतिकृयाहरू
...