Sunday 1st November 2026

अमेरिकाको मिसिपिसी राज्यमा आँधीका कारण २६ जनाको मृत्यु, दर्जनाै घाइते


अमेरिकाको मिसिसिपी र अलाबामामा आएको आँधीका कारण कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनाै घाइते भएका छन् । मिसिसिपी राज्य सरकारले आपतकालिन अवस्था घोषणा गरेको छ।

आँधी प्रभावित मानिसको उद्धारका लागि अहिले पश्चिम मिसिसिपीमा ठूलो संख्यामा उद्धारकर्मी खटाउनुका साथै एम्बुलेन्सहरूको प्रयोग गरिएको छ । स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्नसक्ने आकलन गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

मिसिसिपीस्थित सिल्भर सिटी र रोलिङ फोर्कका ग्रामीण सहरहरूमा आँधी ११३ किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा आएको छ । आँधीका कारण घरहरू कुचिएका कारहरू, काठ, इँटाहरू र गिलासहरू सडकमा फोहोरको डंगुर जस्ता देखिएका छन् भने शहर लगभग पूरै मेटिएको छ। सिंगो शहर नै भगनावशेषमा परिणत भएको छ भने पार्क, खेतबारी केहि पनि बाँकी रहेको छैन ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...